default_image

6 years ago

November 22, 2018

मनाङले रुस्लान थ्रीस्टारलाई हरायो

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई २-१ ले पराजित गरेको छ । मनाङले पहिलो हाफमा बनाएको २ गोलको अग्रता सम्हाल्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

खेलको ११ औं मिनेटमा अन्जन विष्टले मनाङलाई अग्रता दिलाए । उनले हेमन गुरुङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए
१८ औं मिनेटमा मनाङले अग्रता दोब्बर पार्यो । एलन न्यौपानेले क्लियर गरेको बल विजय धिमाललाई लाग्दै गोलमा परिणत भएको थियो । विक्रम लामाले अन्तिम समयमा गोललाइनबाट क्लियर गर्न खोजेपनि उनको प्रयास सफल हुन सकेन ।

खेलको तेस्रो मिनेटमा अजायी मार्टिन्सको विराज महर्जनले बचाएका थिए । २२ औं मिनेटमा रञ्‍जित धिमालको फ्रिकिक क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । ३६ औं मिनेटमा सुनील बलको क्रसमा विशाल श्रेष्ठले उत्कृष्ट पन्च गरे । पहिलो हाफको ४ मिनेट बाँकी छँदा सुनिल बलको उत्कृष्ट प्रहारलाई विशालले विफल पारिदिए । यसको एक मिनटमै मार्टिन्सले दिएको पासमा बुद्ध चेम्जोङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले दुवै गोल काउन्टर अट्याकमा गरेको थियो । दुवै टोलीले पहिलो हाफमा १-१ परिवर्तन गरेका छन् । रुस्लान थ्री स्टारले निराजन खड्काको स्थानमा विदेशी खेलाडी मेस्सुम्बेलाई मैदानमा उतारेको छ । मनाङले घाइते भएका विशाल राईको स्थानमा पुजन उपरकोटी मैदान प्रवेश गरेका छन् ।

दोस्रो हाफमा थ्री स्टार थप आक्रामक रुपमा प्रस्तुत भयो । अनिल गुरुङको स्थानमा रन्जन विष्ट मैदान प्रवेश गरेपछि थ्री स्टारले दबाब बनाउन सफल रहेको थियो । थ्री स्टारले खेलको ८५ औं मिनेटमा गोल पनि फर्कायो । पेनाल्टी क्षेत्रभित्र मोहमद आसिफले अजायी मार्टिन्सलाई लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको हो । रञ्‍जित धिमालले उक्त पेनाल्टीमा गोल गर्दै अग्रता कम गरे ।

थ्री स्टारले अन्तिम समयमा आक्रमणलाई थप जोड दिएपनि गोल फर्काउन भने सकेन । यस जितसँगै मनाङ ३ खेलमा ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । थ्री स्टार भने लिगमा पहिलो हारसँगै ३ खेलमा ६ अंकमा अवस्थित छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.