9 years ago
March 24, 2016
काठमाडौँ, चैत ११ अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको दुई पक्षीय विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वतन्त्र समिति निर्माण गर्न पहल गर्ने भएको छ ।
दुईवर्ष देखि एन्फामा विवाद बुझ्न काठमाडौँ आएको एसियाली फुटबल महासंघ (एएफसी)को एक टोलीसँग छलफल गर्दै राखेपले एन्फाको आगामी निर्वाचनसम्मको लागि स्वतन्त्र समिति गठन गर्नुपर्ने राय ब्यक्त गरेको हो ।
एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशन सञ्विज बाला सिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको नेतृत्वमा रहेको टोलीसँगको छलफलमा राखेप सदस्यसचिब केशव कुमार बिष्टले दुवै पक्षलाई मान्य हुने समिति गठनको प्रस्ताव लगेका थिए ।
‘एएफसीका प्रतिनिधिहरुले एन्फा विवाद चाडै समाधान होस् भन्ने चाहेको छ ।’ छलफलपछि सदस्यसचिब बिष्टले, ‘एन्फा विवाद टालटुले समाधानले नहुने हामीले कुरा राख्यौ र, विवाद समाधानको लागि दुवै पक्षलाई मान्य हुने एक स्वतन्त्र समिति गठन गर्नुपर्ने कुरा राखेका छौ ।’
उक्त कमिटिले एन्फाको आगामी साधरण सभा सम्मको लागि काम गर्ने कमिटिमा एन्फाका कम सदस्य रहने छ जसमा एन्फाको तदर्थ समिति नरहेको सदस्यसचिब बिष्टले बताए । तर, राखेपको उक्त प्रस्तावमा टोलीले एएफसीमा छलफलपछि मात्र निचोड दिनेछ ।
यसअघि एएफसीको टोलीले बुधबार एन्फाका सस्थापन र असन्तुष्ट पक्षसंग छुट्टा छुट्टै छलफल गर्दै दुवै पक्षलाई साधारण सभामा सहभागी हुदै विवाद समाधान गर्न सुझाव दिएको हो । तर, एन्फाका दुवै पक्ष आ आफ्ना अडानमा छन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]