6 years ago
November 22, 2018
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वय नेयमार र किलियन एमबाप्पे दुवैले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार चोट बोके । यससँगै अब आउने साता लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलका लागि दुवै खेलाडीको उपस्थितिमा शंका उब्जिएको छ ।
ब्राजिलका कप्तान नेयमारले क्यामरुनविरुद्ध मैत्रीपूर्ण खेलमा ८ मिनेट मात्र खेले । तिघ्रामा चोट लागेपछि उनले मैदान छाडेर निस्किएका थिए । उनकै स्थानमा मैदान प्रवेश गरेका रिचार्लीसनले गोल गर्दै ब्राजिलले खेल १-० ले जितेको थियो । ब्राजिलका टिम डाक्टरले नेयमारको चोट प्रारम्भिक परिक्षणमा हेर्दा खासै गम्भीर नरहेको बताएका छन् । एमबाप्पे पनि उरुग्वेविरुद्ध मैत्रीपूर्ण खेलमा घाइते भए । ल्यान्डीङ गर्ने क्रममा उनको काँधमा चोट लागेको हो ।
पीएसजीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै खेलाडीको विस्तृत परिक्षण गरिएको बताएको छ । ‘ नेयमार र एमबाप्पे दुवैले आज स्वास्थ्य परिक्षण गरे । नेयमारको दायाँ तिघ्रा चोट देखिन्छ भने एमबाप्पेको दायाँ काँधमा समस्या देखिएको छ ।दुवै खेलाडीलाई ४८ घण्टाको लागि अनुगमनमा राखिएको छ ।’ क्लबले जनाएअनुसार २ दिनपछि मात्र दुवै खेलाडी खेल्ने-नखेल्ने बारेमा थाहा हुन्छ ।
नेयमार आफैंले पनि सामाजिक संजाल इन्स्टाग्राममा संदेश लेख्दै चोट गम्भीर नरहेको बताएका छन् । ‘मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सबैलाई धन्यवाद । मेरो चोट गम्भीर छ जस्तो लाग्दैन,’ उनले लेखेका छन् । ब्राजिलका टिम डाक्टर रोड्रीगो लास्मारले पन नेयमारको चोट ठूलो नभएको पक्का गरेका छन् । उनको सामान्य चोट नाबल्झियोस भन्ने हिसाबले आठौं मिनेटमा नै परिवर्तन गरिएको प्रशिक्षकले बताए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]