default_image

6 years ago

November 21, 2018

अर्जेन्टिनाद्वारा मेक्सिको पराजित

69 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेको छ ।  बुधबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउन मौरा इकार्डी र पाउलो डिब्यालाले गोल गरे ।

घरेलु मैदानमा अर्जेन्टिनाले खेलको दोस्रो मिनेटमै इकार्डीको गोलबाट अग्रता बनाएको थियो । गोलरक्षक जि रुल्लीले फालेको लामो पासलाई इकार्डीले आफ्नो नियन्त्रणमा लिदै लमेलालाई पास दिएको थियो । लामेलाको चलाखीपूर्ण पासलाई इकार्डीले गोलमा परिणत गर्दा विपक्षी गोलरक्षकले रोक्ने कुनै मौका पाएनन् । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोलमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा पनि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न चुके । तर खेल सकिन ३ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी पाउलो डिब्यालाले जियोभानी सिमोनको पासलाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए । मेक्सिको विरुद्धको मैत्रीपूर्ण खेलमा नियमित कप्तान लियोनेल मेस्सी अनुपस्थित रहेका थिए । मेस्सी रसिया विश्वकपपछि टिम बाहिर नै रहँदै आएका छन् ।

मैत्रीपूर्ण खेलका अन्य नतिजाहरु

चिली विरुद्ध होन्डुरस (–१)

पेरुविरुद्ध कोस्टा रिका (२–)

पानामा विरुद्ध इक्वेडर (१–)

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.