6 years ago
November 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मर्स्याङदी क्लब शीर्ष दुई स्थानमा छन् ।
तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् । बिहीबारै पहिलो जितको खोजीमा रहेका च्यासल र न्यू रोड टिम (एनआरटी) को भिडन्त हुनेछ । तेस्रो चरणमा दोस्रो ठूलो खेलमा उपाधि आकांक्षी अन्य दुई क्लब पनि खेल्नेछन् । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भने शुक्रबार हुनेछ ।
शुक्रबार तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइजले एपीएफको सामना गर्नेछ । दिउँसो २:३० बजे दुई खेल हुनेछन् । आर्मी र पुलिसको विभागीय डर्बी एन्फा कम्प्लेक्समा चलिरहँदा मछिन्द्र र संकटा एपीएफ रंगशालामा खेल्नेछन् ।
तेस्रो चरणको अन्तिम दुई खेल शनिबार हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । पहिलो खेलमा पहिलो जितको खोजीमा रहेको फ्रेन्ड्सले अर्को अंकविहिन क्लब सरस्वतीको सामना गर्नेछ । दोस्रो खेलमा जावलाखेल र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो चरणको पूर्ण खेल तालिका :
मंसिर ६ : च्यासल विरुद्ध एनआरटी – ११ बजे – एन्फा कम्प्लेक्स
मंसिर ६ : मनाङ विरुद्ध थ्री स्टार – २:३० बजे – एन्फा कम्प्लेक्स
मंसिर ७ : ब्रिगेड ब्वाइज विरुद्ध एपीएफ – ११ बजे – एन्फा कम्प्लेक्स
मंसिर ७ : आर्मी विरुद्ध पुलिस – २:३० बजे – एन्फा कम्प्लेक्स
मंसिर ७ : मछिन्द्र विरुद्ध संकटा – २:३० बजे – एपीएफ रंगशाला
मंसिर ८ : फ्रेन्ड्स विरुद्ध सरस्वती – ११ बजे – एपीएफ रंगशाला
मंसिर ८ : जावलाखेल विरुद्ध हिमालयन शेर्पा – २:३० बजे – एपीएफ रंगशाला
अंक तालिका :
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]