6 years ago
November 21, 2018
प्रिस्टिना (एजेन्सी) – कोसोभो युइएफए नेसन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । नेसन्स लिग अन्तरगत मंगलबार राति भएको खेलमा कोसोभोले दोस्रो स्थानको अजरबैजानलाई ४–० को फराकिलो अन्तरले पराजत गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
कोसोभोको फराकिलो जितमा अर्वर जेनेलीले ह्याट्रिक पूरा गर्दा अमिर रहमानीले एक गोल थपे । कोसोभोले घरेलु मैदान स्टेडियम फाडिल भोक्रिमा भएको खेलको दोस्रो मिनेटमा नै अर्वर जेनेलीको गोलबाट अग्रता बनाएको थियो ।
५०औं मिनेटमा अर्वरले गोल गर्दै अग्रता दोब्बर पारेको थियो । ६१औं मिनेटमा अमिर रहमानीले गोल गरेपछि कोसोभो ३–० को आरामदायी अग्रतामा पुगेको थियो । ७६औं मिनेटमा अर्वरले ह्याट्रिक पुरा गर्दै कोसोभोलाई ४–० को फराकिलो जित दिलाए ।
अजरवैजानले कुनै पनि समय कोसोभोको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । कोसोभामाथि जित निकाल्न सकेको भए अजरवैजानले नेसन्स लिगको दोस्रो चरणमा स्थानमा बनाउने थियो ।
जितसँगै कोसोभोले नेसन्स लिग डी को समूह ३ मा १४ अंक जोड्यो । अजरवैजानले ९ अंक जोड्यो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]