default_image

6 years ago

November 21, 2018

पोर्चुगल पोल्यान्डसँग रोकियो

62 views

0 Bookmark

गुइमरेस (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा पोल्यान्डसँग बराबरीमा रोकिएको छ ।


नेसन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान डोम अलफान्सो मैदानमा भएको खेलमा आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले खेलको ३४औं मिनेटमा अग्रता बनाएको थियो । सिल्भाले रेनाटो सान्चेजको पासलाई सदुपयोग गरेका थियो ।

पहिलो आफमा १–० को अग्रता बनाएको पोर्चुगल ६३औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । ६३औं मिनेटमा पोर्चुगलका ड्यानिलो परेराले अर्काडिउज मिलिकलाई डि–बक्समा गम्भीर फल गर्दा सोझै रातो कार्ड पाउदा पोल्यान्डले पेनाल्टीको मौका पाएको थियो । सोही पेनाल्टीलाई मिलिकले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीपछि लिग ए को समूह ३ मा रहेको पोर्चुगलको ४ खेलबाट ८ अंक पुग्यो । पोल्यान्डले २ अंक मात्र जोड्न सक्दा इटालीले ५ अंक जोड्यो ।

मंगलबार राति नै भएको नेसन्स लिग बी को समूह २ को खेलमा स्वीडेनले रसियालाई २–० ले पराजित गर्दै अर्काे चरणमा प्रवेश गर्न सफल भएको छ । समान ७ अंक भएपनि स्वीडेनले रसियालाई गोलअन्तरमा पछि पार्दै अर्काे चरणका प्रवेश गर्न सफल भएको हो । यो समूहबाट टर्की रेलिगेसनमा पर्यो । स्वीडेनको जितमा भिक्टर निल्सन लिन्डलफ र मार्कस वर्गले गोल गरे ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.