6 years ago
November 21, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका फिलिप्पे काउटिन्हो टोलीको अभ्यासमा फर्केका छन् । ला लिगामा शनिबार एट्लेटिको म्याड्रिडसँगको महत्वपूर्ण प्रतिस्पर्धा अघि काउटिन्हो फर्कनु बार्सिलोनाका लागि सुखद हुन सक्दछ । तिघ्राको समस्याका कारण पछिल्लो दुई साता उनी मैदान बाहिर रहेका थिए ।
नोभेम्बर ६ मा च्याम्पियन्स लिगमा एसी मिलानसँग १–१ को बराबरीमा सकिएको खेलपछि काउटिन्हो मैदान उत्रेका छैनन् । बार्सिलोना नोभेम्बर ११ मा भएको पछिल्लो खेलमा रियल बेटिससँग ४–३ ले पराजित भएको थियो । दुई वर्षभन्दा लामो समययता बार्सिलोना घरेलु मैदानमा नोउ क्याम्पमा हारेको त्यो पहिलो पटक हो ।
विश्व फुटबलका तेस्रो महंगा खेलाडी काउटिन्हो शनिबार एट्लेटिको विरुद्ध खेल्ने नखेल्ने शुक्रबार टुंगो लाग्नेछ । उनको पुरागमनले प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेको टोलीको मनोबल पक्कै उचो हुनेछ । टोलीका अर्का महत्वपूर्ण खेलाडी इभान राकटिक भने प्रतिबन्धमा छन् ।
यो सिजन १६ खेलमा काउटिन्हाले ५ गोल गरेका छन् । रियल म्याड्रिडविरुद्ध गत महिनाको एल क्लासिको ५–१ ले बार्सिलोनाले जित्दा कोउटिन्होले पनि गोल गरेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]