default_image

6 years ago

November 20, 2018

नेपालले ग्वान्झाउसँग मैत्रीपूर्ण खेल खेल्ने

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चिनियाँ क्लब ग्वान्झाउ आर एण्ड एफसँगमैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गर्दै चिनियाँ सुपर लिगमा प्रतिस्पर्धा गर्ने क्लबसँगको खेल पक्का गरेको हो । खेलको मिति तय नभएपनि सन् २०१९ जनवरीमा हुने एन्फाले जनाएको छ ।

नेपाली टोलीले केहि साताअघि बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप खेलेपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । बंगबन्धुको समूह चरणबाट बाहिरिएको नेपालले साफ च्याम्पियनसिपमा सेमिफाइनल यात्रा तय गरेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।

चीनबाट प्रतियोगिता समितिका अध्यक्ष याङ कि, टिम व्यवस्थापक हुआङ जुन र कार्यकरी समितिको लिआङ याजिङले एन्फा कम्प्लेक्स भ्रमण गरेका थिए ।  तीन सदस्य टोलीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग खेलको तयारीबारे छलफल गरेका थिए ।  खेल आयोजनाका लागि भ्रमण टोलीले एन्फा कम्प्लेक्सको निरिक्षण पनि गरेको थियो ।

ग्वान्झाउ आर एण्ड एफ क्लब क्लब चीनको शीर्ष डिभिजन चिनिया सुपर लिगमा खेल्ने क्लब हो । गत साता सम्पन्न लिग सिजनमा ग्वान्झाउ १० औं स्थानमा रहेको थियो ।  क्लबमा सर्बियाली प्रशिक्षक ड्रागान स्टोकोभिच रहेका छन् ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.