default_image

6 years ago

November 20, 2018

दक्षिण कोरिया ४-० ले विजयी

67 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार भएको खेलमा दक्षिण कोरियाले उज्बेकिस्तानमाथि ४-० को जित दर्ता गरेको छ । यससँगै पोर्चुगलको पूर्व प्रशिक्षक पाउलो बेन्टोले कोरियाको जिम्मेवारी लिएपछि अपराजित यात्रा कायम राखेका छन् ।

कोरियाले खेलको नवौं मिनेटमा नै ताए ही नामको गोलमा अग्रता लिएको थियो । उइ जो ह्वाङले खेलको २४ औं मिनेटमा अग्रता दोब्बर पारे । सिओं मिन मुनले ६९ औं मिनेटमा तेस्रो गोल थपे । ह्युन जुन सुकले ८१ औं मिनेटमा चौथो गोल गर्दै जित पक्का गरे ।

जनवरीमा यूएईमा आयोजना हुने एसियन कपको लागि कोरियाले आफ्नो दावेदारी प्रस्तुत गरिरहेको छ । यसक्रममा विश्वकपपछि टोलीमा आएका प्रशिक्षक बेन्टो ६ खेलमा अपराजित रहेका छन् । उनको प्रशिक्षणमा टोलीले ३ जित र ३ बराबरी खेलेको छ । यो कोरियाको नयाँ प्रशिक्षक बनेपछि स्थापित भएको सबैभन्दा लामो अपराजित यात्रा पनि हो ।

कोरियाले अब एसियन कप अगाडी डिसेम्बर ३१ मा साउदी अरेबियाको सामना गर्नेछ ।

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

February 3, 2025

एपिएफ ‘बी’ र पुलिस स्कुलको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]

Success

Thank you for your time.