default_image

6 years ago

November 20, 2018

‘बालोन डी ओर फ्रेन्च खेलाडीले जित्नुपर्छ’- एमबाप्पे

74 views

0 Bookmark

पेरिस (एजेन्सी)– फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले विश्व कप विजेता फ्रान्सका कुनै एक खेलाडीले यसपटकको बालोन डी ओर जित्नु पर्ने बताएका छन् । १९ वर्षे एमबाप्पे प्रतिष्ठित फुटबल अवार्डको दोबेदार मध्ये एकका हुन् ।

उनले फ्रान्सका लागि विश्व कप जित्नु गौरवको अनुभुती र कहिल्यै विर्सन नसकिने उपलब्धी भएको दोहोराएका छन् । रसियामा क्रोएसियालाई हराउँदै फ्रान्सले विश्व कप उपाधि जितेको थियो ।

समान पाँच पटकका बालोन डी ओ विजेता लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो यसपटक पनि दाबेदार मध्येका हुन् । यद्दपी यी दुई खेलाडीको दशक लामो दबदबा यसपटक तोडिने कतिपयले अनुमान गरेका छन् ।

विश्व कपका गोल्डेन बल विजेता क्रोएसियाका लुका मोड्रिचले फिफा बेस्ट अवार्ड पनि जितेका थिए । बालोन डी ओरका लागि पनि उनी दाबेदार मध्येका एक हुन् । तर, पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार एमबाप्पे फ्रान्सेली सुपर स्टार भन्दा मोड्रिच बालोन डी ओरको हकदार नभएको बताएका छन् ।

विश्व कपमा युवा खेलाडीको उपाधि जितेका एमबाप्पेले आफुले बालोन डी ओर नजित्दा पनि कुनै फरक नपर्ने उल्लेख गर्दै भनेका छन्, ‘यो अवार्डका लागि दाबेदार धेरै छन् । मलाई लाग्छ विजेता फ्रेन्च हुनेछन् । त्यो भनेको विश्व कप विजेताको कदर पनि हुनेछ’, उनले भने, ‘तर तीव्र प्रतिस्पर्धा हुनेछ । यसले नै जित्न भन्ने अनुमान गर्न कठिन छ ।’

बालोन डी ओरको मनोनयमा परेका चेल्सी एंवम् बेल्जियन स्टार इडेन हाजार्डले एमबाप्पलेलाई अवार्डको हकदार भएको बताएका छन् । गत सिजन पिएसजी आबद्ध भएयता उनले उच्च प्रदर्शन गरिरहेका छन् । बालोन डी ओर अवार्डको विजेता पेरिसमा डिसेम्बर ३ मा घोषणा गरिनेछ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.