default_image

6 years ago

November 19, 2018

संकटाको लगातार दोस्रो जित

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा सीएमजी क्लब संकटाले जावलाखेल युवा क्लबलाई २-० ले पराजित गरेको छ । १० खेलाडीमा सिमित संकटाको जितमा सेड्रिक अबाले २ गोल गरे ।

खेलको १९ अौं मिनेटमा संकटा १० खेलाडीमा सिमित भएको थियो । पहिलो पहेंलो कार्ड पाएको एक मिनेट नबित्दै एलोन म्याक्सवेलले दोस्रो पहेंलो कार्ड पाएपछि संकटाले बाँकी समय एक खेलाडी कममा खेल्नुपरेको हो । एलोनले जावलाखेलका डिफेन्डर अडामा डुम्बियालाई लगातार फल हानेका थिए । दुवै टोलीले पहिलो हाफमा अाक्रमक मुभ बनाउन सकेनन् ।

दोस्रो हाफको सुरुवातमै जावलाखेलले अग्रता लिने मौका पायो । कुलदीप कार्कीको फ्रिकिकमा डुम्बियाको हेडरलाई संकटाका गोलरक्षक राजाबाबु थापाले सुन्दर बचाउ गरे । खेलको ५८ अौं मिनेटमा संकटाले अग्रता लियो । सुभाष गुरुङको कटब्याकमा सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै अग्रता दिलाए ।

अबाले नै ८५ अौं मिनेटमा संकटाको अग्रता दोब्बर पारे । लक्ष्मण रुचालले दिएको पासमा अबाले ६ यार्ड बक्सबाट ब्याकहिलमा गोल गरे ।

लगातार दोस्रो जित दर्ता गरेको संकटा अंक तालिकाको तेसरते स्थानमा उक्लिएको छ । २ खेलमा ६ अंक जोडेको संकटा गोलअन्तरमा रुस्लान थ्री स्टार र मनाङभन्दा पछाडि छ । जावलाखेल भने अझै अंकविहिन छ ।

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

Success

Thank you for your time.