9 years ago
March 23, 2016
नेपाली राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर बिक्रम लामा मदुरा युनाइटेड फुटबल क्लबमा प्रशिक्षण गर्दै आएका छन्|
सागमा नेपाललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका बिक्रम केहि साता अघि इन्डोनेसिया पुगेका थिए| उनलाई अरु केहि क्लबले पनि चाहेको तर मदुरा युनाईटेडसंग भने केहि अगाडी कुरा बढेको बुझिएको छ| उनीसंगै मदुरमा विगत छ वर्षदेखी इन्डोनेसियामा खेल्दै आएका जापानि मिडफिल्डर मत्सुनागा पनि रहेका छन्|
थ्री स्टारबाट राष्ट्रिय लिग जिते यता उनले कुनै क्लबबाट फुटबल खेलेका छैनन्|
उनको कुन क्लबबाट खेल्नेबारे टुंगो लग्न अझै केहि दिन लाग्ने बुझिएको छ|
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]