6 years ago
November 19, 2018
लास पाल्मास (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण अन्तर्गत आइतबार राती भएको खेलमा स्पेनले बोस्निया एन्ड हर्जगोभिनालाई १–० ले पराजित गरेको छ ।
लास पाल्मासमा भएको खेलमा घरेलु टोलीलाई जिताउन वैकल्पिक खेलाडी ब्रेइस मेन्डिजले निर्णायक गोल गरे । उनले खेलको ७८औं मिनेटमा गोल गर्न सफल भएको थिए । वैकल्पिक खेलाडीका रुपमा ५८औं मिनेटमा सुसोको स्थानमा मैदान प्रवेश गरेका मेन्डेजले इस्कोको पासमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा स्पेनले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि थप गोल गर्न नसक्दा मेन्डिजको गोल नै निर्णायक बन्यो । सन् २०१६ यता स्पेनका लागि डेब्युमा गोल गर्ने मेन्डेज पहिलो खेलाडी बने । यसअघि फरवार्ड इयागो आस्पासले पनि डेब्युमा गोल गरेका थिए ।
स्पेन गत शुक्रबार नेसन्स लिगको खेलमा इंग्ल्यान्डसँग ३–२ ले पराजित भएको थियो । यूईएफए नेसन्स लिगमा इंग्ल्यान्ड र क्रोएसियाको समूहमा रहेको स्पेन अन्तिम चारमा भने पुग्न सकेन । उक्त समूहबाट इंग्ल्यान्ड अन्तिम चारमा पुग्दा क्रोएसिया तल्लो श्रेणीमा रेलिगेसन हुन पुग्यो ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]