6 years ago
November 19, 2018
लुजेर्न (एजेन्सी) – युइएफए नेसन्ल लिग फुटबलमा बेल्जियमले स्वीट्जरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवातमा २–० को अग्रता लिएर पनि बेल्जियमले स्वीट्जरल्यान्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो ।
स्वीट्जरल्यान्डको जितमा हरिस सेफेरोभिचले ह्याट्रिक पूरा गर्दा रिकार्डाे रोड्रिग्वेज र निको एल्भेडीले समान १ गोल गरे । बेल्जियमका थोर्गन हाजार्डले दुवै गोल गरे । घरेलु टोलीविरुद्ध बेल्जियमले थोर्गनको गोलबाट दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो । १७ औं मिनेटमा थोर्गनकै गोलमा बेल्जियमले २–० को अग्रता बनाएको थियो ।
२–० ले पछि परेपछि घरेलु टोलीले उत्कृष्ट खेल पस्कदै गोल गर्न सफल भयो । रिकार्डाेले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएका थिए । ३१औं मिनेटमा हरिसले जेद्रान शाकिरीको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । ४४औं मिनेटमा हरिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा ३–२ को अग्रता लिन सफल भएको थियो ।
६२औं मिनेटमा निकोले जेद्रानकै पासमा गोल गरेपछि स्वीट्जरल्यान्डले खेलमा ४–२ को अग्रता बनायो । ८४औं मिनेटमा हरिसले ह्याट्रिक पुरा गर्दै स्वीट्जरल्यान्डलाई ५–२ को शानदार जित दिलाए ।
जितपछि स्वीट्जरल्यान्ड लिग ए को समूह २ बाट समूह विजेताको रुपमा नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । हारले गर्दा बेल्जियम भने अगाडि पुग्न सकेन । दुवै टोलीको ४ खेलबाट ९ अंक रहेको थियो । अंक जोड्न नसकेको आइसल्यान्ड रेलिगेसनमा परेको छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]