default_image

6 years ago

November 18, 2018

इंग्ल्यान्डसँग पराजित भएपछि क्रोएसिया रेलिगेसनमा

53 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान ह्यारी केनले उत्कृष्ट प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिग अन्तर्गत ‘ए’ श्रेणीको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै विश्वकपको उपविजेता क्रोएसिया रेलिगेसनमा पर्दै नेसन्स लिगको दोस्रो श्रेणीमा झरेको छ  ।

एक गोलले पछाडी रहेको स्थितिमा इंग्ल्यान्डले खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै नेसन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा क्रोएसियाले सुरुवाती अग्रता बनायो । ५७ औं मिनेटमा आन्द्रे क्रामारीचले गरेको प्रहार एरिक डाएरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

इंग्ल्यान्डले त्यसपछि तीन आक्रामक परिवर्तन गर्दै खेलको स्थिति नै बदल्यो । ७८ औं मिनेटमा कप्तान केनले पेनाल्टी क्षेत्रभित्र भिडभाडमा प्रहार गरेको सटलाई जेसे लिंगार्डले गोललाइन अगाडीबाट पोस्टतर्फ पठाउँदै खेल बराबरीमा ल्याए । त्यसको ७ मिनेटपछि केन आफैंले गोल गर्दै खेलमा इंग्ल्यान्डलाई अगाडी बढाए । उनले बेन चिल्वेलको फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डको रेलिगेसन टारेका थिए ।

खेलमा क्रोएसियाको जित भएको अवस्थामा क्रोएसिया अर्को चरणमा पुग्ने पक्का थियो । बराबरी भएको अवस्थामा स्पेन प्लेअफमा पुग्ने समिकरण रहेको थियो । इंग्ल्यान्डले पराजय वा बराबरी खेलेको अवस्थामा रेलिगेसनमा पर्ने थियो । इंग्ल्यान्डको जितसँगै क्रोएसिया भने ‘बी’ श्रेणीमा झरेको छ ।

अब इंग्ल्यान्डले अर्को जुनमा पोर्चुगलमा हुने नेसन्स लिगको अन्तिम चरणमा खेल्नेछ । नेसन्स लिगको समूह चरणमा इंग्ल्यान्डले ४ खेलमा ७ अंक जोड्दा स्पेनले ६ र क्रोएसियाले ४ अंकमात्र जोड्न सक्यो ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.