default_image

6 years ago

November 19, 2018

‘रुनीको कीर्तिमान तोड्न सकिन्छ’ – कप्तान केन

67 views

0 Bookmark

लन्डन (एजेन्सी)– वायन रुनीले इग्ल्यान्डका लागि बनाएको सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई आफुले तोड्नेमा आशावादी रहेको ह्यारी केनले बताएका छन् । आइताबर क्रोएसियासँग खेल्नुअघि सात खेलमा गोलविहिन रहेका इंग्ल्यान्ड कप्तान केनले विश्वकपमा भने गोल्डेन बुट जितेका थिए ।

उनको कप्तानीमा इग्ल्यान्डले विश्व कपको सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा इग्ल्यान्ड क्रोएसियासँग पराजित भएको थियो । सोही क्रोएसियासँग आइतबार प्रतिस्पर्धा गर्दा इग्ल्यान्ड २–१ ले विजयी भएको थियो । जसमा केनले निर्णायक गोल गरेका थिए ।

पूर्व कप्तान रुनीले बिहीबार अमेरिकासँग मैत्रीपूर्ण खेल खेले । त्यो उनको इग्ल्यान्डका लागि विदाई खेल थियो । रुनीले १ सय २० खेल खेल्ने क्रममा इग्ल्यान्डका लागि ५३ गोल गरेका थिए । २५ वर्षे केनले अहिले सम्म इग्ल्यान्डका लागि २० गोल गरेका छन् ।

केनले एक दिन रुनीको कीर्तिमान तोड्ने र त्यसका लागि दीर्घकालिन योजना रहेको बताएका छन् । ‘निश्चय नै त्यो सम्भव छ,’ रुनीको कीर्तिमान भंग गर्न सकिन्छ भन्ने प्रश्नमा केनको जवाफमा थियो, ‘त्यहाँ सम्म पुग्न कठिन छ । अहिले त्यो विषयमा सोचेको छैन । तर, भविष्यमा त्यो सम्भव छ भन्ने लाग्छ ।’

उनले आउने दिनमा आफुले गर्ने प्रदर्शनमा पनि त्यो निर्भर हुने केनको विश्वास छ । ‘आउने वर्षहरु मेरो प्रदर्शनमा निर्भर गर्छ , ‘ उनले थपे, ‘मेरो स्वास्थ्यले साथ दियो भने प्रशिक्षकको छनोटमा परे भने त्यो उपलब्धी प्राप्त गर्न सकिन्छ । तर अहिले म यो विषयमा सोचिरहेको छैन ।’

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.