default_image

6 years ago

November 19, 2018

कीर्तिमानतर्फ अघि बढ्दै नेयमार

61 views

0 Bookmark

लन्डन (एजेन्सी)– ब्राजिलियन फुटबल टोलीका कप्तान नेयमार इतिहास निर्माणका क्रममा अघि बढि रहेका छन् । पछिल्लो मैत्रीपूर्ण खेलमा उनकै विवादस्पद गोलमा ब्राजिलले उरुग्वेलाई १–० ले हराएका थियो । उक्त पेनाल्टी नेयमारको ब्राजिल करिअरका लागि भने विशेष रहयो ।

डिएगो लाजाल्टलाई डानियोले पेनाल्टी बक्समा फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । त्यसअघि उरुग्वे ब्राजिलियन खेलाडीको ह्यान्डको अपिल गरेका थिए, तर रेफ्रीले खेल रोकेनन् । त्यहि पेनाल्टीमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टारले गोल गरे ।

ब्राजिलका लागि त्यो उनको ६० औं गोल थियो । ब्राजिलिन फुटबल इतिहासमा देशका लागि ६० गोल गर्ने उनी तेस्रो फुटबलर हुन् । ब्राजिलका महान खेलाडी पेलेले ७७ र रोनाल्डोले ६२ गोल गरेका थिए । २६ वर्षे नेयमारले दुवै महान खेलाडीको गोललाई पनि उछिन्ने सम्भावना छ ।

neymar brazil

नेयमारको गोलअघि उरुग्वेका तुलनामा ब्राजिल कमजोर देखिएको थियो । ब्राजिलको अग्रता अघि उरुग्वेका लुइस स्वारेजले फ्रिकिकमा गोलको राम्रो अवसर सृजना गरेका थिए । दुई टोलबीचको खेल निकै घम्साघम्सीपूर्ण पनि रह्यो । खेलमा ८ वटा पहेलो कार्ड प्रयोग भएको थियो । जसमा एक स्वारेज पनि थिए ।

ब्राजिल र उरुग्वेको अन्तर्राष्ट्रिय विश्राम अझै केहि दिन रहेको छ । ब्राजिलले क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । उरुग्वेले मंगलबार विश्व कप विजेता फ्रान्सको सामना गर्नेछ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.