default_image

6 years ago

November 19, 2018

‘मोड्रिच सबै व्यक्तिगत अवार्डका हकदार’ – केन

56 views

0 Bookmark

लन्डन (एजेन्सी)– इग्ल्यान्डका कप्तान ह्यारी केनले क्रोएसिया एवंम् रियल म्याड्रिडका स्टार लुका मोड्रिचको खुलेर प्रशंसा गरेका छन् । केनले मोड्रिच यो वर्ष मनोनयनमा परेका सबै अवार्ड जित्न योग्य रहेको दाबी गरेको गरेका छन् ।

मोड्रिच र केनले केहि समय टोटेनह्याममासँगै खेलेका थिए । टोटेनह्याम छाडेर रियल गएदेखि मोड्रिच क्लबको सफलताका लागि महत्वपूर्ण रहँदै आएका छन् । खेल जीवनमा उनले जुन प्रदर्शन र सफलता प्राप्त गरेका छन्, त्यसका आधारमा यो वर्ष सबै व्यक्तिगत अवार्ड जित्नका लागि मोड्रिच योग्य रहेको केन मान्छन् ।

युइएफएले नेसन्स लिगमा इग्ल्यान्ड र क्रोएसियाबीचको खेलअघि केनले भने, ‘उनी आफ्नो खेल जीवनको उच्च विन्दुमा छन् । मैले युवा अवस्थामा केहि समय स्पर्समा उनीसँग खेल्ने मौका पाएको थिए, ’ केन त्यसमा रोकिएनन्, ‘सबैलाई थाहा छ उनी कति क्षमता भएका खेलाडी हुन । यो वर्ष उनले निकै उच्च प्रदर्शन गरे, जुन अवार्ड जिते त्यसको उनी हकदार थिए । ’

विश्व कपमा मोड्रिचको कप्तानीमा रहेको क्रोएसियासँग केनको इग्ल्यान्ड पराजित भएको थियो । ‘विश्व कपको सेमिफाइनल हाम्रो लागि दुःखदायी रह्यो,’ केनले भने, ‘ठूलो खेल गुमाउँदै । हामीले किन त्यो बेला राम्रो गर्न सकेनौं भन्ने लागि रहन्छ ।’

विश्व कपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो । मोड्रिच विश्व कपका गोल्डेन बल जितेका थिए । नेसन्स कपमा आइतबार भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराउँदै अन्तिम ४ मा स्थान बनाएको छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.