default_image

6 years ago

November 18, 2018

पुलिस र मछिन्द्रको गोलरहित बराबरी

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

मछिन्द्रले रक्षात्मक रणनीति अपनाउँदै लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेलेको हो । पुलिसले भने पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो । पहिलो हाफमा मछिन्द्रमाथि दबाब राखेको पुलिसले दोस्रो हाफमा झनै फिका प्रदर्शन गर्यो । अग्रपंक्तिमा तालमेल नमिल्दा पुलिसले अधिकांश समय बल पोसेसन राखेपनि गोल गर्न सकेन ।

राष्ट्रिय खेलाडीको उपस्थिति रहेको पुलिसले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न भने सकेको छैन । मछिन्द्रका गोलरक्षक दीप कार्कीले केहि राम्रो बचाउ गरेका छन् । पहिलो हाफको अन्त्यतिर अभिषेक रिजालको सटलाई ‘पोइन्ट ब्लांक’ रेन्जबाट दीपले पन्च गरेका थिए । त्यसअघि सुमन लामाको पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहारलाई पनि दीपले विफल तुल्याए ।

पुलिसले आक्रमक रणनीति अपनाउँदै खेलेपनि मछिन्द्रको डिफेन्सले कमै मौका दिएको छ । च्यासलविरुद्ध खेलमा म्यान अफ द म्याच भएका विकास थुलुङ राईले आज पनि राम्रो प्रदर्शन गर्दै म्यान अफ द म्याच भए  । सुमन लामाले अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रशिक्षक अनन्त थापाले अन्तिम समयमा अनुभवी भोला सिलवाललाई मैदान प्रवेश गराएका थिए । भोलाले पनि केहि अवसर प्राप्त गरे तर गोलरक्षकलाई समस्या दिन सकेनन् ।

पुलिसले २ खेलमा १ जित र १ बराबरीसँगै ४ अंक जोडेको छ । मछिन्द्रको २ खेलमा २ बराबरीसँगै २ अंक छ ।

सुरुवाती ११ :

नेपाल पुलिस क्लब :

शत्रुघन चौधरी (गोलरक्षक), विक्रम धिमाल (कप्तान), सन्तोष हेम्रुण, अजित भण्डारी, दिनेश राजवंशी, तेज तामाङ, हेम तामाङ, अभिषेक रिजाल, रवी पासवान, निरकुमार राई, सुमन लामा

मछिन्द्र :

दीप कार्की (गोलरक्षक), विकास थुलुङ, अन्जन देवकोटा, विवेक पण्डित,संजय राजवाहक, अजित गुरुङ, टंकप्रसाद गुरुङ, उत्तम गुरुङ (कप्तान), खामिर गिल्सान, विशाल राइ, निरोज चौधरी

खेलको भिडियो :

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

Success

Thank you for your time.