6 years ago
November 18, 2018
एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसी र म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा शुक्रबार दुबईस्थित एक रेस्टुरेन्टमा सँगै देखिएका छन् । अन्तर्राष्ट्रिय ब्रेकको छुट्टीमा दुई खेलाडी एकै ठाउँमा देखिएका हुन् ।
पछिल्लो समय म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्होसँगको खटपटका कारण चर्चामा आएका मिडफिल्डर पोग्बा बार्सिलोना जाने हल्ला पनि चलेको थियो । सन् २०१२ मा युनाइटेड छाडेर युभेन्ट्स पुगेका पोग्बा सन् २०१६ मा युनाइटेड नै फर्केका थिए । तर युनाइटेड आएपछि भने युभेन्ट्सको जस्तो प्रदर्शन गर्न पोग्बाले सकेका छैनन् । विश्व कीर्तिमानी रकममा युनाइटेड आएका उनले क्लब छाड्ने हल्ला पनि चलेको छ ।
यसअघि जेरार्ड पिकेले पोग्बा बार्सिलोना आउन चाहे खुलेर स्वागत गर्ने बताएका थिए । ‘ उनी बार्सिलोना आए हामी खुसी हुन्छौं । म्यानचेस्टरमा उनलाई केहि समस्या भइरहेको हामीले थाहा पाएका छौं । उनी निकै राम्रा खेलाडी हुन् । अहिले उनी युनाइटेडमा भएपनि भविष्यमा हामीसंग खेल्ने सम्भावना पक्कै छ,’ पिकेले भने । पिके पनि युनाइटेडबाट बार्सिलोना पुगेका थिए ।
मेसी र पोग्बाको भेटले कुनै यकिन संकेत नगरेपनि पोग्बा र बार्सा खेलाडीको निकटता भने देखाएको छ । युनाइटेडमा पोग्बाको सम्बन्ध चिसिनु र बार्सिलोनामा बढ्नुले पनि युनाइटेड समर्थकलाई समस्या हुन सक्छ । अन्तर्राष्ट्रिय ब्रेकमा दुवै खेलाडी हाल राष्ट्रिय टोलीबाट विश्राममा छन् । पोग्बा चोटका कारण बाहिर छन् भने मेसीले विश्वकपपछि राष्ट्र्रिया टोलीबाट खेलेका छैनन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]