default_image

6 years ago

November 18, 2018

‘एमबाप्पे ब्यालोन डी’ओर उपाधिको हकदार’ – हाजार्ड

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सी तथा बेल्जियन राष्ट्रिय टोलीका स्टार मिडफिल्डर इडेन हाजार्डले फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे प्रतिष्ठित ब्यालोन डी’ओर उपाधिको हकदार रहेको बताएका छन् ।

उपाधि दौडमा आफैं सामेल भएका हाजार्डले एमबाप्पेलाई उपाधि दावेदार भएको बताएका हुन् । विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका हाजार्ड चेल्सीका लागि पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर यसका बाबजुद पनि हाजार्डले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह एमबाप्पे नै उपाधिको हकदार भएको बताउँछन् ।

‘ मेरो लागि व्यक्तिगत रुपमा यो वर्ष निकै राम्रो रहयो । तर यसको मतलब मैले ब्यालोन डी’ओर जित्नुपर्छ भन्ने होइन । धेरै खेलाडीले मभन्दा राम्रो प्रदर्शन गरेका छन्,’ उनले भने, ‘ मैले उपाधि जित्नेमा मोड्रीचको नाम लिन्थें तर विश्वकपपछि उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर किलियनले भने लगातार आफ्नो प्रदर्शन सुधार्दै आएका छन् ।’

‘मेरो लक्ष्य ब्यालोन डी’ओर जित्नु भन्ने छैन । मैले राम्रो प्रदर्शन गर्नुपर्यो र खेल्दा आनन्द आउनुपर्यो । मैले आफ्नो प्रदर्शन दिंदै जाँदा एकदिन यो उपाधि जित्न सकें भने म खुसी हुन्छु । तर जितिन भने पनि दुखमनाउ गरेर बस्ने छैन,’ हाजार्डले थपे । हाजार्डले यस सिजन प्रिमियर लिगमा आठ खेलमा सुरुवात गर्दै ७ गोल र ४ असिस्ट दिइसकेका छन् ।

यस वर्ष ब्यालोन डी’ओर उपाधिको दौडभने पछिल्लो एक दशककै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ । क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीको दबदबा रहँदै आएको उपाधिमा यसपटक दुवै खेलाडीको दावेदारी कमजोर रहेको छ । विश्वकपमा खराब प्रदर्शन गरेपछि दुवैको सम्भावना कम भएको हो । लुका मोड्रीचलाई उपाधि दावेदार मानिएपनि उनले विश्वकप पछि रियल म्याड्रिडबाट कमजोर प्रदर्शन गरेका कारण सम्भावना कम रहेको छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.