default_image

9 years ago

March 22, 2016

भरतको राष्ट्रिय टोलीमा पुनरागमन

122 views

0 Bookmark

मलेसिया यु२२ विरुद्ध खेल्ने राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावलीमा त्रिभुवन आर्मीका फरवार्ड भरत खवास पनि परेका छन्|

Bharat Khawas

चोटका कारण साफ च्याम्पियनसिप खेल्ने टोलीमा नअटाएका भरतले बंगबन्धु र सागमा पनि स्थान बनाउन सकेका थिएनन्| घरेलु प्रतियोगितामा आर्मीबाट कप्तानी गर्दै पुरानै लयमा फर्कने प्रयासमा रह्का भरतलाई जापानी प्रशिक्षक ग्योतोकु कोजीले प्रारम्भिक छनोटमा बोलाएका थिए|

प्रारम्भिक चरणको छनोटमा भारतले प्रशिक्षकमाथि राम्रो प्रभाव पारे| नवयुग श्रेष्ठसंग क्लबमा रहेको उनको तालमेल प्रशिक्षणमा पनि देखियो र अब यहि जोडीले मलेसिया विरुद्धको खेलमा पनि सुरुवात गर्न सक्ने सम्भावना रहेको छ|

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.