6 years ago
November 18, 2018
मिलान (एजेन्सी) – सुपर स्टार क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेसन्स लिग अन्तरगत शनिबार राति इटालीसँग गोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा पुग्न सफल भएको हो । पोर्चुगल एक खेल बाँकी छदै नेसन्स लिग ए को समूह ३ मा को समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्यो ।
घरेलु मैदानमा मिलानमा भएको खेलमा इटालीले गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको पाँचौ मिनेटमा नै इटालीले अग्रता लिने मौका खेर फालेको थियो । चिरो इम्मोबिलेले चार यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । लोरेन्जो इनसिग्नेले अर्काे मौका खेर फालेको थियो । दोस्रो हाफमा घरेलु टोलीले बल नियन्त्रणमा राखेपनि गोल गर्न सकेन ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा पोर्चुगलले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन सकेन । वैकल्पिक खेलाडी जोआओ मारियाले गोलका मौका खेर फाल्दा इटालीका गोलरक्षक जियानलुजी डोनाररुम्माले विलियम कार्भाल्होको सटलाई बचाएका थिए । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
पोर्चुगलले खेलेका पछिल्ला खेलमा रोनाल्डो अनुपस्थित रहेका छन् । रोनाल्डो रसिया विश्वकपपछि क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलयता उनले विश्राम लिने निर्णय गरेका हुन् । रोनाल्डाको अनुपस्थितिमा पनि पोर्चुगलले पछिल्ला ५ मध्ये ३ खेलमा जित हात पारेको छ । क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिँदा त्यसयता पोर्चुगलले इटालीलाई १–०, पोल्यान्डलाई ३–२ र स्कटल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]