6 years ago
November 17, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत शुक्रबार राती भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । दुवै हाफमा १-१ गोल सम्भव हुँदा अर्जेन्टिना २-० ले विजयी रहयो ।
खेलको दोस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने सुवर्ण अवसर गुमायो । मार्को फाबियनको क्रसमा राउल जिमिनेजको डाइभीङ हेडर क्रसबारमा लागेको थियो । त्यसको एक मिनेटमा नै डिफेन्डर फुनेस मोरीले गल्ति गर्दा एलान पुलिडोको पासमा फाबियनको प्रहारलाई गोलरक्षक अगुस्टिन मार्चेसिनले बचाए । सुरुवाती समयमा दबाब खेपेको अर्जेन्टिनाले भने त्यसपछि खेलमा लय समात्यो ।
पाउलो डिबाला र लौटारो मार्टिनेजलाई आक्रमणमा खेलाएको अर्जेन्टिनाले मेक्सिकोलाई समस्या दिइरहयो । डिबालाले ३८ औं मिनेटमा गरेको फ्रिकिकमा मार्टिनेजको प्रहार मेक्सिकोका गोलरक्षक गिल्लेर्मे ओचोआले बचाए । तर त्यसको केहि बेरमै डिबालाको अर्को फ्रिकिकमा फुनेस मोरीको हेडर गोलमा परिणत भयो ।
दोस्रो हाफमा पनि डिबाला नै नायक रहे । उनले माउरो इकार्डीलाई दिएको चिप पासलाई मेक्सिकन डिफेन्डर ब्रिजुएलाले क्लिअर गर्ने धुनमा आफ्नै पोस्टको दिशा दिए । यस नतिजासँगै कार्यवाहक प्रशिक्षक लिओनेल स्कालोनीलाई केहि राहत पुगेको छ । उनको नियुक्ति भएयता अर्जेन्टिनाले कोलोम्बियासँग बराबरी र ब्राजिलसँग हार बेहोरेको थियो । इराक र ग्वाटेमालालाई पराजित गरेपनि टोलीको खेल भने सन्तोषजनक रहेको थिएन ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]