default_image

6 years ago

November 17, 2018

तनावपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई हरायो

63 views

0 Bookmark

इमिरेट्स (एजेन्सी) – दक्षिण अमेरिकी प्रतिद्वन्द्वीबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । शुक्रबार राती लन्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी परम्पारगत प्रतिद्धन्द्धी उरुग्वेलाई १–० ले पराजित गरेको हो ।


तनावग्रस्त बनेको खेलमा ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लक्जाल्टले लडाएपछि रेफ्रीले पेनाल्टीको मौका दिएको थिए । जसमा नेयमार चुकेनन् । नेयमारको यो ६०औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यसअघि नेयमारले खेलको १० औं मिनेटमा गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । तनावपुर्ण बनेको खेलमा रेफ्रीले दुवै टिमका खेलाडीलाई ८ पहेलो कार्ड देखाएका थिए । नेयमारलाई उरुग्वेका खेलाडीले पटक-पटक ट्याकल गर्दा रेफ्री क्रेग पसनले उरुग्वेका ६ खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए ।

दुवै टोलीले आफ्नो बलियो सुरुवाती एघारलाई मैदानमा उतारेका थिए । उरुग्वेका लुइस सुआरेजले दुई पटक सुन्दर अवसर सिर्जना गरेपनि ब्राजिलियन गोलरक्षक एलिसन बाधक बने । ब्राजिल पछिल्लो पटक विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग २–१ ले पराजित भएयता पराजित भएको छैन ।

ब्राजिलले विश्वकपपछि खेलेका मैत्रीपूर्ण खेलमा अमेरिका, साल्भाडोर, साउदी अरब र अर्जेन्टिनालाई पराजित गरेको थियो । उरुग्वेले भने विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएयताको चार खेलमध्ये १ खेलमा मात्रै जित हात पारेको छ । उरुग्वेले पछिल्लो १० खेलमा ब्राजिललाई पराजित गर्न सकेको छैन ।

ब्राजिलले अब लन्डनमै हुने अर्को मैत्रीपूर्ण खेलमा क्यामरुनको सामना गर्नेछ । क्ल्यारेन्स सिडर्फ प्रशिक्षक रहेको टोलीसँग ब्राजिलले मंगलबार खेल्नेछ । उरुग्वेले भने पेरिसमा हुने खेलमा विश्वविजेता फ्रान्सको सामना गर्नेछ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.