default_image

6 years ago

November 17, 2018

विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग स्तब्ध, जर्मनी रेलिगेसनमा

54 views

0 Bookmark

फेयनुर्ड (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग स्तब्ध भएको छ । फ्रान्स नेदरल्यान्डसँग २–० ले स्तब्ध भएको हो ।


नेदरल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोस्रो हाफमा १-१ गोल सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा जर्जिन्हो वाइनाल्डमको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले रायन बाबेलको पासमा गोल गरेको थिए ।

इन्जुरी समयको थप गरिएको छैटौ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई २–० को जित दिलाए । सिसोकोले डि–बक्समा डि जङलाई लडाएपछि नेदरल्यान्डले पेनाल्टीको मौका पाएको थियो । जसमा डिपे चुकेनन् । विश्वविजेता फ्रान्सले नेदरल्यान्डसामु राम्रो खेल्न नसक्दा पराजित हुन पुग्यो ।


जितपछि नेदरल्यान्डले समूह १ बाट प्ले अफमा प्रवेश गरेको छ । नेदरल्यान्डको ३ खेलबाट ६ अंक पुगेको छ । हारपछि पनि ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले प्ले अफमा प्रवेश गर्दा १ अंक जोडेको जर्मनी रेलिगेसनमा परेको छ ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.