default_image

6 years ago

November 17, 2018

मोड्रिच भन्छन् – ‘मेरो लागि सफल बर्ष’

50 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले यो वर्ष बालोन डि ओर अवार्ड जित्न असफल भएको खण्डमा पनि यो वर्ष आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट वर्ष रहने बताएका छन् ।

रुस विश्वकपका प्रभावशाली खेलाडी मध्येका एक मोड्रिचले क्रोएसियालाई फाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले रसियामा गोल्डेन बल उपाधि समेत जितेका थिए । त्यस्तै उनको उच्च प्रदर्शन समेत रहेको रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

द वेस्टको अवार्ड जितेपछि मोड्रिचले बालोन डी ओरमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबालाई अन्त्य गर्ने अनुमान गरिएको छ । तर, बालोन डी ओर जित्नु वा नजित्नुले २०१८ को आफ्नो उपलब्धीलाई खासै फरक नपार्ने बताएका छन् ।

‘हेरौं के हुन्छ ,’ नेसन्स लिगमा शुक्रबार स्पेनलाई क्रोएसियाले ३–२ ले हराएपछि मोड्रिचले भने, ‘उपाधिको दौडमा छु त्यसमा खुसी छु । मैले जिते भने निश्चय पनि खुसी लाग्नेछ । तर, जित्न असफल भएपनि त्यसले खासै फरक पर्ने छैन । बोलोन डी ओर जिते र वा नजितेर पनि यो वर्ष मेरो खेल जीवनको सफल बर्ष हो ।’

रियलका पछिल्लो प्रदर्शनका विषयमा बोल्दै मोड्रिचले नयाँ प्रशिक्षक सान्टियागो सोलारीको आगमन पछि टोलीमा परिवर्तन भइरहेको बताएका छन् । बर्खास्तमा परेका प्रशिक्षक जुलेन लेपेटेगुइको प्रशिक्षणमा मोड्रिचले संघर्ष गरिरहेका थिए । तर, नयाँ प्रशिक्षकको आगमनसँगै मोड्रिच पनि विस्तारै लयमा देखिएका छन् ।

‘सोलारीको आगमन पनि हामीले राम्रो सुरुवात गरेका छौं । पछिल्ला ४ खेललाई हेर्न सकिन्छ । उनको आगमनले राम्रो भएको छ र आशा छ यो प्रदर्शनले निरन्तरता पाउनेछ,’ उनले थपे, ‘दिन प्रतिदिन आनन्द महसुस गरिरहेको छु । विश्वकपको लगत्तै मैदानमा फर्कनु परेको छ । पछिल्लो केहि खेलबाट शारीरिक रुपमा पनि मैले सहज महसुस गरिरहेको छु ।’

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.