6 years ago
November 16, 2018
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले गत सिजन ट्रान्सफर विन्डोमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेलाई नकार्दै ओस्मान डेम्बेलेलाई भित्र्याएको खुलासा भएको छ ।
बार्सिलोनासँग लामो समयदेखि निकट रहेका एजेन्ट जोसेप मारिया मिन्गुएलाले ला लिगा क्लब बार्सिलोनालाई एमबाप्पेलाई अनुबन्धन गर्ने प्रस्ताव राखेका थिए । बार्सिलोनासँग जोसेपको राम्रो सम्बन्ध छ । सन् २००० मा लिओनेल मेसीलाई बार्सिलोना भित्र्याउन जोसेपले नै क्लबमा प्रस्ताव ल्याएका थिए । त्यसअघि डिएगो म्याराडोना र स्टोइच्कोभलाई क्याटलान क्लबमा ल्याउन पनि उनको नै भूमिका रहेको थियो ।
जोसेपले पछिल्लो अगस्टमा बार्सिलोनाले नेयमारलाई पीएसजी पठाएपछि एमबाप्पेलाई क्लबमा आबद्ध गर्ने प्रस्ताव राखेका थिए । उनले राखेको प्रस्तावलाई क्लबले कुनै प्रतिक्रिया नै नदिएको उनले बताएका छन् । एमबाप्पेले पनि क्याम्प नोउ आउने इच्छा देखाएको र क्लबलाई पनि आक्रमणमा खेलाडीको खाँचो परेको हुनाले दुवै पक्षलाई फाइदा हुने उनको बुझाई थियो ।
एमबाप्पेलाई बार्सिलोना अनुबन्धन गर्न नसकेपछि पीएसजी लागेका थिए । उनले पीएसजी पुगेपछि लगातार सफलता हात पार्दै आएका छन् । उनले पहिलो सिजन लोनमा पुगेपनि यस सिजन भने स्थायी रुपमा पीएसजी खेलाडी भएका छन् । यस सिजन १३ खेलमा १३ गोल गरेका उनले ६ असिस्ट पनि दिएका छन् । विश्वकपमा पनि एमबाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि हात पारेका थिए ।
यता बार्सिलोनामा भने डेम्बेलेले औसत प्रदर्शन गरेका छन् । मैदानबाहिर अनुशासनको समस्याले पनि प्रशिक्षक एर्नेस्टोले उनलाई टोलीबाट बाहिर राखेका छन् । उनी यसै जनवरी टोलीबाट बाहिरिने सम्भावना पनि उत्तिकै छ । माल्कमको आगमनले पनि उनलाई मैदानमा समय पाउन थप मिहिनेत गर्नुपरेको छ ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]