6 years ago
November 16, 2018
एजेन्सी – खराब नतिजाको सिलसिलालाई तोड्दै पूर्व विश्वविजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार राती रुसलाई ३-० ले पराजित गरेको छ ।
लाइप्जिगमा भएको खेलमा नियमित टोलीका मुख्य खेलाडीबिना पनि जर्मनीले प्रभावशाली प्रदर्शन गर्दै सहज जित दर्ता गर्यो । विश्वकप टोलीमा स्थान बनाउन नसकेका युवा विंगर लेरोय सानेले जर्मनीलाई आठौं मिनेटमा अग्रता दिलाएका थिए । उनले सर्ज ग्नाब्रीको पासलाई गोलमा परिणत गरेका थिए ।
खेलको २५ औं मिनेटमा जर्मनीले अग्रता दोब्बर पार्यो । रुसले बनाएको अफसाइड ट्रयापलाई जर्मनीले तोड्दा डिफेन्डर निक्लास सुलले गोल गरे । उनले जोसुआ किमिचको कर्नरमा आएको बललाई एन्टोनियो रुडीगरले फ्लिक गरेपछि सहजै गोल गरेका थिए । ४० औं मिनेटमा आर्सनलका पूर्व खेलाडी ग्नाब्रीले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा पाहुना टोली रुसले सुधारिएको प्रदर्शन गर्यो । एलेक्से इओनोभले रुसलाई खेलमा फर्काउने सुवर्ण अवसर प्राप्त गरेपनि उनको प्रहार पोस्टभन्दा थोरै बाहिर जाँदा जर्मनीले अग्रता बचायो । खेलको अन्त्यतिर एलेक्जेन्डर एरोखिनले जोनास हेक्टरमाथि डरलाग्दो ट्याकल गर्दा हेक्टरले चोट बोक्दै मैदान छाड्नुपर्यो ।
यस नतिजासँगै सन् २०१९ मा जर्मनीले खेलेका १२ खेलमा यो चौथो जित हो । विश्वकपमा खराब प्रदर्शन गर्दै समूह चरणबाट नै बाहिरिएको जर्मनीलाई यस जितले केहि राहत पुगेको छ । जर्मनीले अब यूईएफए नेसन्स लिगअन्तर्गत खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्नेछ । रुसले भने स्विडेनसँग खेल्ने कार्यक्रम रहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]