6 years ago
November 16, 2018
ब्रुसेल्स (एजेन्सी) – मिसी बासुआईले दुई गोल गरेपछि यूईएफए नेसन्स लिग अन्तर्गत बिहिबार राती बेल्जियमले आइसल्यान्डलाई २–० ले पराजित गरेको छ ।
बेल्जियमको घरेलु मैदानमा फरवार्ड बासुआईले दुवै गोल दोस्रो हाफमा गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६५ औं मिनेटमा बासुआईले थोमस म्युनियरको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा हान्स भानकेनको पासलाई सदुपयोग गर्दै उनैले बेल्जियमको जित पक्का गरेका थिए ।
समूह २ मा अपराजित रहेको बेल्जियमले जितसँगै च्याम्पियनसिप प्ले अफ खेल्ने सम्भावना बलियो बनाएको छ । बेल्जियमको ३ खेलबाट ९ अंक छ । आइसल्यान्डले चार खेल सकिदा अंक जोड्न सकेको छैन । स्वीट्जरल्यान्ड ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
यूईएफए नेसन्स लिगका अन्य खेलको नतिजाहरु
अष्ट्रिय विरुद्ध बोस्निया हर्जगोभिना (०–०)
ग्रीस विरुद्ध फिनल्यान्ड (१–०)
हंगेरी विरुद्ध इस्टोनिया (२–०)
एन्डोरा विरुद्ध जर्जिया (१–१)
लक्जेमवर्ग विरुद्ध बेलारुस (०–२)
सान मारिनो विरुद्ध माल्दोभा (०–१)
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]