default_image

6 years ago

November 16, 2018

रुनीको बिदाई खेलमा इंग्ल्यान्ड विजयी

47 views

0 Bookmark

बेम्वली (एजेन्सी) – सर्वाधिक गोलकर्ता वाइन रुनीको बिदाई खेलमा इंग्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई पराजित गरेको छ ।  वेम्बली स्टेडियममा बिहिबार राति भएको खेलमा इंग्ल्यान्डले अमेरिकालाई ३–० ले सहजै पराजित गरेको हो  ।

बिदाई खेलमा बेन्चबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका रुनीले इंग्ल्यान्डको कप्तानको जिम्मेवारी सम्हालेको खेलमा जेसे लिङ्गार्ड, ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड र क्यालम विल्सनले गोल गरे । खेलको २५औं मिनेटमा डेल अलीको पासमा जेसेले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

त्यसको २ मिनेटपछि नै जाडन सान्चोको पासलाई ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डले गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ७७औं मिनेटमा विल्सनले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को सहज जित दिलाए । उनले डेब्यु खेलमै गोल गर्न सफल भए ।

यसअघि नै सन्यासको घोषणा गरेको रुनीले अमेरिकाविरुद्धको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए । रुनी ५८ मिनेटमा गोलकर्ता जेसे लिङ्गार्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।

रुनीले पछिल्लोपटक सन् २०१६ मा भएको विश्वकप छनोट अन्तरगतको स्कटल्यान्डविरुद्धको खेलपछि राष्ट्रिय टिमबाट बाहिर रहेका थिए । मार्च २०१७ पछि राष्ट्रिय टिममा नपरेपछि उनले अगस्टमा अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

म्यानचेस्टर युनाइटेड र एभर्टनका ३३ वर्षीय पूर्व फरवार्ड रुनी हाल अमेरिकाको डिसी युनाइटेडमा आवद्ध छन् । रुनीले इंग्ल्यान्डको राष्ट्रिय टिमबाट बिदाई खेल खेल्नुअघि ११९ खेलबाट ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेका थिए । अमेरिकाविरुद्धको च्यारिटी खेल भर्खरै स्थापना भएको वाइन रुनी फाउन्डेसनको सहयोगार्थ रहेको थियो ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.