default_image

6 years ago

November 16, 2018

स्पेनमाथि क्रोएसियाको रोमान्चक जित

48 views

0 Bookmark

जाग्रिव (एजेन्सी) – विश्व उपविजेता क्रोएसियाले यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबारको खेलमा पूर्व विश्व विजेता स्पेनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले स्पेनलाई ३–२ ले पराजित गरेको हो ।


क्रोएसियालाई जिताउन टिन जेडभाजले २ तथा एन्ड्रिज क्रामारिकले १ गोल गरे । स्पेनका ड्यानियल सेवालस र सर्जियो रामोसले गोल गरे । क्रोएसियाको घरेलु मैदान माकसिमिरमा बिहिबार राति भएको भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा पाँच गोल सम्भव भएको थियो ।

खेलको ५४औं मिनेटमा एन्ड्रिज क्रामारिकले इभान पेरिसिकको पासमा गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै ड्यानियल सेवालेसले इस्कोको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

६९औं मिनेटमा टिन जेडभाजले कप्तान लुका मोड्रिचको पासलाई गोलमा परिणत गरेपछि क्रोएसियाले खेलमा फेरि २–१ को अग्रता लिएको थियो । ७८औं मिनेटमा स्पेनले पेनाल्टी गोलमार्फत खेललाई पुनः बराबरीमा ल्याउन सफल भयो । क्रोएसियाका भर्साल्जकोले डि–बक्समा ह्यान्ड गरेपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो । जसलाई कप्तान सर्जियो रामोसले चुकाएनन् ।

बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा टिन जेडभाजलेले गोल गर्दै क्रोएसियालाई ३–२ को सघंर्षपूर्ण जित दिलाए । जितपछि समुह ४ मा रहेको क्रोएसियाले दोस्रो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । क्रोएसियाको ४ अंक रहँदा पराजित स्पेनको ६ अंक तथा इंग्ल्यान्डको ४ अंक रहेको छ । सबै तीन टोलीको दोस्रो चरण पुग्ने सम्भावना जीवित नै रहेको छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.