6 years ago
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नवलपरासीको कोल्हुवामा बिहिबार भएको उपाधि भिडन्तमा उपाधिको अर्काे दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्यासलले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरी र थप गरिएको समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा च्यासलले ५–३ ले बाजी मार्यो ।
पुलिसले अभिषेक रिजालको गोलमा अग्रता लिएपनि विक्रम लिम्बूले शान्दार गोल गर्दै खेल बराबरीमा ल्याए । च्यासलका डिफेन्डरले आत्मघाती गोल गरेपछि पुलिसले फेरी अग्रता लिएको थियो । तर दीनेश राजवंशीको आत्मघाती गोलसँगै खेल पुन: बराबरीमा आयो । थप गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म लम्बिएको थियो ।
टाइब्रेकरमा च्यासलका बिमल घर्तीमगर, छिरिङ गुरुङ, विश्व अधिकारी, देवेन्द्र तामाङ र हेमन्त थापामगरले गोल गरे । पुलिसका रेजिन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले गोल गर्दा तेज तामाङ चुकेका थिए । यससँगै पुलिस सिजनको तेस्रो उपाधि जित्नबाट चुक्यो । पुलिसले यसअघि दमक गोल्डकप र नुवाकोट गोल्डकपको उपाधि जितेको थियो । दुवै फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको थियो ।
च्याम्पियन बनेसँगै च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पायो । नन्द भाउजु मध्यवती उपभोक्ता समितीले राइनो संरक्षण गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]