default_image

6 years ago

November 15, 2018

बेल्जियम विरुद्ध आइसल्यान्ड : सम्पूर्ण जानकारी

77 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राती हुने खेलमा विश्वकपको सेमिफाइनल यात्रा तय गरेको बेल्जीयमले आइसल्यान्डको सामना गर्दैछ । हालसम्म लिगको दुवै खेलमा जित हासिल गरेको बेल्जियम आइसल्यान्डलाई पराजित गर्दै प्लेअफमा स्थान बनाउने सुरमा हुनेछ ।

रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमले पछिल्लो समय निकै राम्रो नतिजा हात पारेको छ । सेप्टेम्बरको फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा पनि रहयो । जुन बेल्जियन फुटबलको इतिहासमा दोस्रो पटक थियो । एकातिर बेल्जियम लगातार राम्रो प्रदर्शन गर्दा पछिल्लो दुई वर्ष उच्च स्तरको फुटबल खेलिरहेको आइसल्यान्ड भने सेलाउने संकेत गरिरहेको छ । आइसल्यान्डले यस वर्ष खेलेको एक खेल मात्र जितेको छ ।

बेल्जियमलाई यसपटक चोटको समस्याले निकै सताएको छ । डिफेन्डरद्वय थोमस भर्मालेन र जान भर्टोन्घन चोटका कारण टोलीमा अटाएका छैनन् । प्रिमियर लिगका स्टार मिडफिल्डर केभीन डे ब्रुएनसँगै स्पर्स मिडफिल्डर मौसा डेम्बेले र क्रिस्टल प्यालेसका फरवार्ड क्रिस्टियन बेन्टेके पनि उपलब्ध रहने छैनन् । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर मराउने फेलाइनिलाई पनि प्रशिक्षकले विश्राम दिएका छन् ।

बेल्जियमले सुरुवाती रोजाईमा गोलरक्षक थिबाउट कोर्टुवा खेलाउने सम्भावना छ भने आक्रमणमा इडेन हाजार्ड र ड्रिज मर्टेन्स रहनेछन् । जेसन डीनाएर, भिन्सेन्ट कम्पनि र टोबी एल्डरवेरल्डले डिफेन्स सम्हाल्नेछन् । मिडफिल्डमा थोमस मुनिएर, युरी टिलेमान्स, एक्सल विट्सल र फरेरा करासको रहनेछन् । आक्रमणमा रोमेलु लुकाकु खेल्ने सम्भावना रहेको छ ।

आइसल्यान्डका लागि डिफेन्डर होल्मर एजोल्फ्सन चोटका कारण उपलब्ध छैनन् भने अनुभवी एमिल हल्फ्रेड्सन र योहन गुडमुण्डसन पनि घाइते छन् । १९ वर्षीय सीएसकेए मस्कोका खेलाडी अर्नर सिगुर्डसनले यस खेलमा डेब्यु गर्ने सम्भावना रहेको छ । आइसल्यान्डले यस खेलका लागि जोन दाहुर थोर्स्तेन्सनलाई पनि पहिलोपटक राष्ट्रिय टोलीमा सामेल गरेको छ । आइसल्यान्डले गिल्फी सिगर्डसनको साथ् पनि नपाउने हुँदा केहि कम अनुभव भएको टोलीलाई सुरुवाती रोजाइमा उतार्ने सम्भावना छ ।

खेलको जानकारी

खेल : यूईएफए नेसन्स लिग समूह ए

मिति : ११ नोभेमबर २०१८, बिहीबार

नेपाली समय : मध्यरात १:३० बजे (शुक्रबार विहान)

च्यानल : सोनी लिभ

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.