6 years ago
November 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय फुटबल टोली बिहिबार स्वदेश फर्किएको छ ।
नेपाली महिला टोली बिहिबार मालिन्डो एयरलाइन्सबाट दिउसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलएिको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना लगायता एन्फाका पदाधिकारीले खादा र फुलमाला लगाएर स्वागत गरेका थिए ।
छनोटको समूह ‘सी’ मा रहेको नेपाल समूहमा अपराजित रह्यो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो । नेपाल उत्कृष्ट तेस्रो टोलीको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । यो समूहबाट म्यानमार समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।
नेपाली टोलीले चीनमा प्रशिक्षणका साथै तीन मैत्रीपूर्ण खेल खेल्दै म्यानमार प्रस्थान गरेको थियो ।
यसो भने प्रशिक्षक र कप्तानले :
स्वागतको फोटोहरु हेर्नुहोस् :
https://www.hamrokhelkud.com/football/44031ओलम्पिक छनोटको दोस्रो चरणमा छनोट भएर फर्केपछि नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरिंदै
Posted by HamroKhelkud.com on Thursday, November 15, 2018
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]