default_image

6 years ago

November 15, 2018

कतारको दुर्लभ जित, युरोपेली पावरहाउस स्विटजरल्यान्ड स्तब्ध

74 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपेली राष्ट्र स्विटजरल्यान्डलाई १-० ले पराजित गरेको छ । बुधबार राती भएको खेलमा कतारका लागि अक्रम अफिफले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए ।

फिफा वरियतामा ९६ औं स्थानमा रहेको कतारले आफूभन्दा ८८ स्थान माथि आठौं स्थानमा रहेको स्विटजरल्यान्डमाथि पहिलो जित दर्ता गरेको हो । अफिफले नियमित समय सकिनुभन्दा ४ मिनेट अगाडी गोल गर्दै जित पक्का गरे । कतारका मिडफिल्डरले मैदानको मध्यभागमा बल खोसेपछि दिएको थ्रु बलमा अफिफले गोलरक्षक भोन वोगोलाई छक्याउँदै खाली पोस्टमा गोल गरेका थिए ।

सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्न जुटेको कतारले पछिल्लो समय ठूला राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै आफ्नो टोलीलाई तयार गर्दै आइरहेको छ । कतारका प्रशिक्षक फेलिक्स स्यान्चेजले यस जितले टोलीको मनोबल अझै बढ्ने बताए । ‘यो नतिजाले हाम्रो टोलीको मनोबल बढेको छ । ठूला टोलीसँग गरेको मिहिनेतले हाम्रो स्टार पनि बढेको छ । हामीलाई एसियन कपको तयारीमा यस्तो नतिजाले निकै सहयोग पुगेको छ,’ उनले भने ।

विश्वकपको अन्तिम १६ मा पुगेको स्विटजरल्यान्डले घरेलु मैदानमा पछिल्लो १० खेलमा ९ क्लिन सिट राखेको थियो । पछिल्ला खेलमा स्विटजरल्यान्डले पानामा र आइसल्यान्डलाई ६-६ गोल प्रहार गरेको थियो । यस खेलमा पनि स्विटजरल्यान्डलाई बलियो टोलीको रुपमा हेरिएको थियो । स्टार खेलाडी जेर्दान साकिरीले दोस्रो हाफमा मैदान प्रवेश गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कतारले अब सोमबार हुने मैत्रीपूर्ण खेलमा आइसल्यान्डको सामना गर्नेछ । कतारले जनवरी २०१९ मा हुने एसियन कपमा प्रतिस्पर्धा गर्दैछ । अर्को वर्ष ब्राजिलमा हुने कोपा अमेरिकाको लागि पनि कतार आमन्त्रित टोलीको रुपमा सहभागिता जनाउँदैछ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.