default_image

6 years ago

November 15, 2018

‘माउरिन्होले मौका दिएनन्’

53 views

0 Bookmark

सन सेबास्टियन (एजेन्सी)– प्रशिक्षक जोसे माउरिन्होले आफ्नो क्षमतालाई पूर्ण रुपमा प्रदर्शनको अवसर नदिएको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी एडनान यानुजाईले बताएका छन् ।

डेभिड मोयजले युनाइेड सम्हाल्दा बेल्जियन युवा खेलाडीले प्रभावशाली प्रदर्शन गरेका थिए । जसका कारण उनलाई युनाइटेडमा रायन गिग्सको उत्तराधिकारीका रुपमा समेत हेरिएको थियो ।

तर, सन् २०१७ मा माउरन्होले युनाइटेड सम्हालेपछि यानुजाईले खासै मौका पाएनन् । तर, पोर्चुगाली प्रशिक्षक माउरिन्हाले आफ्ना विषयमा धैर्यता नराखेको यानुजाईले गुनासो गरेका छन् । युनाइटेडको छवि अनुसारको प्रदर्शनका लागि आफुमा पर्याप्त क्षमता रहेको पनि उनले प्रष्ट पारेका छन् ।

‘मैले माउरिन्होको समयमा खासै मौका पाइन । उनी सम्भवत नाम चलेका अनुभवी खेलाडीलाई बढी चाहन्थे,’ उनले थपे, ‘तर मलाई कुनै समस्या छैन । मैले युनाइटेड छाडे र स्पेन आए । म यहाँ खुसी छु । तर मलाई थाहा थियो युनाइटेडमा खेल्ने स्तर मसँग थियो । आफनो क्षमता मलाई थाहा छ ।’

उनको गुनासो त्यतिमा रोखिएन । ‘उनीहरुले मलाई धेरै मौका दिएनन्,’ हाल रियल सोसिडाडमा खेलिरहेका उनले भने, ‘केहि छैन । म स्पेनमा खुसी छु र आफ्नो खेलमा रमाइरहेको छु ।’ प्रिमियर लिगमा युनाइटेडको कमजोर प्रदर्शनका विषयमा समेत बोलेका यानुजाईले विजय लयमा फर्कन सुझाव पनि दिएका छन् ।

‘युनाइटेड उत्कृष्ट टोली हो र यसका समर्थक पनि त्यति नै उत्कृष्ट छन् । तर अहिले संघर्ष गरिरहेको छ,’ उनले भने, ‘खेल जित्नका लागि उनीहरुले सहि निर्णय लिन आवश्यक छ । अहिले संघर्ष गर्नुका पछाडि धेरै कारण छन् । त्यसैले उनीहरुले सहि निर्णय लिन जरुरी छ ।’ प्रिमियर लिगका १२ खेलमा युनाइटेड आठौं स्थानमा रहेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा युनाइटेड १२ अंकले पछाडि छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.