default_image

6 years ago

November 14, 2018

‘सोलारी म्याड्रिडमा सफल हुँदैनन्’ – डिएगो म्याराडोना

104 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका पूर्व कप्तान एवं पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले रियल म्याड्रिडका नवनियुक्त प्रशिक्षण सान्टियागो सोलारीले क्लबमा सफलता हात पार्न नसक्ने बताएका छन् ।

रियल म्याड्रिडले एल क्लासिकोमा बार्सिलोनासँग ५-१ ले पराजित भएपछि पूर्व प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको थियो । उनको स्थानमा रियलले एकेडेमीका प्रशिक्षक सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । तर कार्यवाहकका रुपमा उनले खेलाएको चार खेलमा चारै ओटामा जित दर्ता गरेपछि क्लबले उनलाई १८ महिनाको सम्झौतामा अनुबन्धन गरेको हो ।

म्याराडोनाले भने सोलारीलाई रियलको जिम्मेवारी सुम्पिनुलाई अर्जेन्टिनी राष्ट्रिय टोलीमा जोर्गे सम्पओलीको बहिर्गमनपछि लिओनेल स्कालोनीलाई कार्यवाहक सुम्पनुसँग दाँजे । ‘दुवै ठाउँमा उचित मान्छेलाई जिम्मेवारी दिइएको छैन । दुवै ठाउँमा सम्बन्धित क्लब र संघको अध्यक्षले भनेको भरमा जागिरमा नियुक्ति दिइएको हो,’ म्याराडोनाले भने, ‘ प्रशिक्षकको जिम्मेवारी सहज हुँदैन । केहि नतिजाको भरमा स्तर थाहा हुने हैन । यसको लागि धेरै मिहिनेत चाहिन्छ ।’

रियलले भने यसअघि पनि एकेडेमीका प्रशिक्षकलाई जिम्मेवारी सुम्पंदा सफलता हात पारेको इतिहास छ । रियलले यसअघि जिनेदिन जिदानलाई सोलारीझैं जिम्मेवारी दिंदा उनले लगातार तीन च्याम्पियन्स लिग उपाधि जिताएका थिए । म्याराडोनाले जिदानको बेलामा भने स्थिति अहिलेभन्दा फरक रहेको बताए ।

‘ जिदानको बेलामा स्थिति फरक थियो । अहिले सोलारी वा स्कालोनीले जिदानझैं सफलता प्राप्त गर्न सक्छन जस्तो मलाई लाग्दैन,’ उनले भने । हाल मेक्सिकन क्लब डोराडोसको प्रशिक्षक रहेका म्याराडोनाले आफूले रियलको प्रस्ताव पाएको भए स्वीकार्ने पनि बताए । ‘म खुसी साथ प्रस्ताव स्वीकार्थे । म त्यस दबाब झेल्न तयार पनि छु । तर प्रस्ताव मलाइ आएन र म यहाँ मेक्सिकोमा नै खुसी छु ।’

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.