6 years ago
November 15, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका महान् खेलाडी आन्द्रेस इनिएस्टाले ब्राजिलियन फरवार्ड नेयमार भविष्यमा रियल म्याड्रिडमा आबद्ध भएपनि त्यसले आफुलाई कुनै असर नगर्ने बताएका छन् । इनिएस्टाले नेयमार स्पेन फर्केर रियलमा आबद्ध हुँदा आफूलाई रिस पनि नउठ्ने र चित्त पनि नदुख्ने बताएका छन् ।
यो सिजनको सुरुवातमा क्रिस्टियानो रोनाल्डोले छोडेपछि रियलले नेयमारलाई भित्राउन चाहेको चर्चा चलेको थियो । ब्राजिलियन नेयमार बार्सिलोनाबाट गत सिजन विश्व कीर्तिमान रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । उनी अझै केहि समय पिएसजीमै बस्ने अनुमान गरिएको छ ।
यद्दपी २६ वर्षे सुपर स्टारलाई भित्राउनेमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज अझै आशावादी रहेको बताइएको छ । इनिएस्टा र नेयमारले संयुक्त रुपमा बार्सिलोनालाई थुप्रै सफलता दिलाएका थिए । इनिएस्टा पनि नेयमार रियल जाने सक्ने सम्भावना देख्छन् ।
‘यदि उनी रियल गए भने त्यसलाई मलाई दुःखी बनाउने छैन, ‘ विश्वकप विजेता समेत रहेका स्पेनिस इनियएस्टाले थपे, ‘बार्सिलोनामा उत्कृष्ट खेलाडीहरु छन् । हरेक सिजन टोलीले उपाधिका लागि प्रयास गरिरहेको हुन्छ । तर भविष्यमा नेयमार बार्सिलोना कहिल्यै फर्कने छैनन् भन्ने पनि होइन ।’
यद्दपी नेयमार बार्सिलोना फर्कने त्यति सहज नभएको उनको भनाई छ । ‘उनी विश्वस्तरीय खेलाडी हुन् । जसको उपस्थितिमा टोलीको प्रदर्शनमा फरक पर्नेछ,’ उनले भने, ‘तर मलाई लाग्छ उनी फर्कने सम्भवना कम छ । तर, कुनै पनि विषयलाई पूर्ण रुपमा अस्वीकार गर्न सकिन्न । ‘
भविष्यमा इनिएस्टा आफैं पनि बार्सिलोना फर्कने विषयमा आशावादी देखिएका छन् । लामो समय बार्सिलोनामा बिताएका इनिएस्टाले भने, ‘ मेरो लागि जे ठिक रहन्छ त्यो जिम्मेवारीमा म बार्सिलोना फर्कन चाहन्छु । हुन सक्छ भविष्यमा पहिलो टोलीलाई प्रशिक्षण गर्ने गरि जान पनि सक्छु ।’
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]