6 years ago
November 15, 2018
टुरिन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा भविष्यमा युभेन्ट्स फर्कने नेपोली र एट्लान्टाका पूर्व निर्देशक पिरपाउलो मारिनोले बताएका छन् । पोग्बा युभेन्ट्स फर्कने निश्चित जस्तै भएपनि जनवरीमै भने त्यो सम्भव नदेखिएको उनको भनार्ई छ ।
युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होसँगको सम्बन्धमा उतारचढाव भइरहेको चर्चाका बीच पोग्बा युभेन्ट्स फर्कने अड्कल यसअघि पनि नगरिएको भने होइन । प्रदर्शनमा एकरुपता नभएका कारण पोग्बाले युनाइटेड समर्थक र विश्लेषकहरुबाट आलोचना खप्दै आइरहेका छन् ।
मारिनोले फ्रान्सेली पोग्बा युभेन्ट्स फर्कने भने निश्चित रहेको बताएका छन् । ‘पोग्बा युभेन्ट्स फर्कने निश्चित जस्तै छ । उनले फेरि एक पटक युभेन्ट्सको जर्सी लगाउनेछन्’ , उनले थपे, ‘ क्लब पनि उनी फर्कनेमा आशावादी छ । तर यो जनवरीमै भने सम्भव देखिन्न ।’
मारिनाले पोग्बाले खेल जीवनको पुरा समय युनाइटेडमा नबिताउने पनि बताएका छन् । सन् २०१६ मा विश्व कीर्तिमानी रकममा पोग्बा युभेन्ट्सबाट ओल्ड ट्राफोड पुगेका थिए । युनाइटेडमा १ सय ३ खेल खेल्ने क्रममा उनले २० गोल गरेका छन् । उनले युनाइटेडका लागि इएफएल कप र युरोपा लिग जितेका थिए ।
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]