6 years ago
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४-० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ ।
च्यासलले खेलको २२ औं मिनेटमा सन्जोग राइको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ७२ औं मिनेटमा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ति मगरले गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेट नबित्दै मिडफिल्डर विश्व अधिकारीले गोल गर्दै च्यासललाई ३-० को अग्रता दिलाए ।
खेलको ९ मिनेट बाँकी छँदा हेमन्त थापा मगरले गोल गर्दै च्यासलको फराकिलो जित पक्का गरेका थिए । च्यासलले अब फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले मंगलबार भएको सेमिफाइनलमा वीरगंज युनाइटेडलाई पराजित गरेको थियो ।
पल्सर साहिद स्मारक ए डिभिजन लिगको तयारीको रुपमा रहेको राइनो कपको फाइनल बिहीबार हुनेछ । च्यासल लिगको पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो । लिग अन्तर्गत च्यासलले शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]