6 years ago
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर सुजल श्रेष्ठ हत्केलाको चोटका कारण ६ साता मैदानबाहिर रहने भएका छन् ।
प्रशिक्षणमा चोट बोकेपछि सुजल
बुधबार विहान प्रशिक्षणका क्रममा लड्दा चोट बोकेका उनले साँझ परिक्षण गर्दा हत्केलामा चोट देखिएपछि डाक्टरले ६ साता विश्राम गर्न भनेका हुन् । उनको हातमा प्लास्टर गरिएको छ । लिग अन्तर्गत पहिलो खेलमा मनाङको कप्तानी गर्दै ३-१ को जित दिलाएका सुजलले अब मनाङको महत्त्वपूर्ण खेलहरु गुमाउने छन् । मनाङले शनिबार हुने खेलमा न्यू रोड टिम (एनआरटि) र त्यसपछि थ्री स्टारको सामना गर्दैछ ।
सुजलले प्रशिक्षणका क्रममा हाम्रोखेलकुदसँग बोल्दै सिक्किममा गभर्नर्स गोल्डकप जितेपछि टोलीको मनोबल उच्च रहेको बताएका थिए । ‘ सिक्किममा हामीले उपाधि जितेपछि मनोबल उच्च रहेको छ । लिगको लागि पनि तिहार सकिएलगत्तै तयारी सुरु भएको छ । विदेशी प्रशिक्षकले हामीलाई राम्रोसँग तयार गर्नुभएको छ,’ सुजलले भने ।
आक्रमण निकै बलियो भएकाले मनाङले राम्रो प्रदर्शन गर्ने उनले बताए । ‘ हाम्रो आक्रमण तुलानाताम्क रुपमा बलियो छ । दुई विदेशी फरवार्डसँगै राष्ट्रिय टोलीका खेलाडी पनि टोलीमा छन् । हामी आक्रमणमा विश्वस्त छौं,’ उनले थपे, ‘ लिगमा सबै खेल महत्त्वपूर्ण हुन्छ । सानो टोलीले पनि समस्या दिन सक्छ । शनिबार एनआरटिविरुद्ध जित दर्ता गरेपछि थ्रीस्टारका लागि विशेष योजना लिएर अगाडी बढ्छौं ।’
लिगको साविक विजेता समेत रहेको मनाङले सोमबारमात्र मिडफिल्डर प्रकाश बुढाथोकीलाई भित्र्याएको थियो । आक्रमणमा अनुभवी दिपक राई, अन्जन विष्ट, ओलावाले आफिज, अडेलाजासँगै मिडफिल्डर विशाल राई र हेमन गुरुङले मनाङ उपाधिको बलियो दावेदारको रुपमा दरिएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]