6 years ago
November 14, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब फुलहमले लेस्टर सिटीका पुर्व प्रशिक्षक क्लाउडियो रानेरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फुलहमले बुधबार स्लाभिसा जोकानोभिचलाई बर्खास्त गर्दै इटालियन रानेरीलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
स्लाभिसा जोकानोभिचको प्रशिक्षणमा लगातार खराब प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो । स्लाभिसा सन् २०१५ मा क्लबको प्रशिक्षक बनेका थिए । रानेरीले क्लबसँग लामो समयको लागि सम्झौता गरेको क्लबले जनाएको छ । फुलहमका अध्यक्ष साहिद खानले जोकानोभिचलाई क्लबलाई पछिल्लो तीन वर्षसम्म क्लबमा पु¥याएको योगदानको कदर गर्दै धन्यवाद दिएका छन् ।
प्रिमियर लिगको १२ खेल सकिंदा फुलहम ५ अंक जोडेर पुछारमा रहेको छ । फुलहमले १ खेलमा जित हात पार्दा २ खेलमा बराबरी र ९ खेलमा हारको नतिजा भोगेको थियो । फुलहमले पछिल्लो सबै ६ लिग खेलमा हार बेहोरेको थियो । फुलहम पछिल्लोपटक लिभरपुलसँग २–० ले पराजित भएको थियो ।
रानेरीको प्रशिक्षणमा लेस्टर सिटीले सन् २०१५/१६ को सिजनमा अविश्वनीय रुपमा प्रिमियर लिगको उपाधि जितेको थियो । प्रिमियर लिग च्याम्पियन बनेको अर्काे वर्ष खराब प्रदर्शन गरेपछि उनलाई क्लबले बर्खास्त गरेको थियो । उनी पछिल्लो समय फ्रेन्च लिग वान क्लब नान्टेसको प्रशिक्षक रहेका थिए । फुलहमले २४ नोभेम्वरमा घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्दैछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]