6 years ago
November 14, 2018
एजेन्सी – फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो भन्नेमा दुइमत छैन । खेल्न र बुझ्न सहज भएकाले विश्वको जुनैपनी कुनामा खेल्न सकिने यस खेलमा निकै समर्थकहरु छन् ।
पछिल्लो समय फुटबलमा गोल गरेपछि खुसियाली मनाउन खेलाडीहरुले विभिन्न किसिमको हाउभाउ प्रस्तुत गर्ने गरेका छन् । गोल गर्दा होस् या टोलीले जित हात पार्दा होस, खेलाडीहरु आफ्नै शैलीमा त्यसको खुसीयाली मनाइरहेका भेटिन्छन् । कतिपय खेलाडीहरुले गोल गरेपछिको हाउभाउ यानकी ‘सेलेब्रेसन’ लाई आफ्नो परिचय कै रुपमा पनि स्थापित गरेका छन् । यसले समर्थकहरुलाई पनि खेलमा थप लोभ्याएको छ ।
प्रस्तुत छ विश्व फुटबलमा पछिल्लो समय चर्चित ५ सेलेब्रेसन :
५. पाउलो डिबाला
अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला इटालियन क्लब युभेन्ट्सबाट खेल्छन् । उनी आफ्नो खेलशैलीका कारण आउँदो युगको स्टार खेलाडीको रुपमा दरिएका छन् । उनले गोल गरेपछि खुसियाली मनाउन गर्ने हाउभाउले धेरै समर्थक प्रभावित भएका छन् । ‘डिबाला मास्क’ नाम दिएको उक्त हाउभाउ स्वयं डिबालाको सामाजिक संजालको पोस्टहरुमा पनि देख्न सकिन्छ ।
४. किलियन एमबाप्पे
विश्वकप दौरान गोल गर्दा किलियन एमबाप्पेले गर्ने सेलेब्रेसन धेरैलाई बानि नै परिसकेको छ । उनले दुवै हात अर्को काखीमा राखेर हात बाँधेको यो सेलेब्रेसन एएस मोनाकोबाट खेल्दा गरेका थिए । युरोपेली प्रतियोगितामा डर्टमुन्डविरुद्ध गोल गर्दा पहिलोपटक उनले यो सेलेब्रेसन देखिएको थिए । छोटो समयमै त्यसले चर्चा पाएपछि उनले त्यसलाई निरन्तरता दिए । आउँदो दिनमा पनि एमबाप्पेले धेरै गोल गर्ने हुनाले यसले थप चर्चा पाउने निश्चित छ ।
३. डेले अली
मैदानमा डेले अली इंग्लिस फुटबलका प्रतिभाशाली खेलाडीमा गनिन्छन् । मैदानबाहिर पनि उनको सेलेब्रेसनले खुब चर्चा कमायो । प्रिमियर लिगमा गोल गरेपछि उनले आँखामा आफ्नो औंलाले गरेको पृथक प्रयासले सामाजिक संजालमा व्हीम नै ल्यायो । ‘डेले च्यालेन्ज’ नामको सामाजिक संजालमा प्रतिस्पर्धा नै चल्यो । फुटबल मात्र नभएर इंग्ल्यान्ड र भारतको क्रिकेट सिरिजमा पनि यसले स्थान पाएको थियो । पछिल्लो समय चर्चित सेलेब्रेसनमा यो सबैभन्दा कठिन मानिन्छ ।
२. एन्टोइन ग्रिज्मन
फ्रान्सेली राष्ट्रिय फुटबल टोली एवं एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मन ‘टेक द एल’ सेलेब्रेसनका कारण चर्चामा आए । उनले ला लिगा होस् या विश्वकप, जुन खेलमा पनि गोल गरेपछि त्यहि सेलेब्रेसन गरे । उनले आफ्नो टोलीका सहकर्मी पल पोग्बा र किलियन एमबाप्पेसँग पनि सामाजिक संजालमा पटक पटक यो सेलेब्रेसन पोस्ट गर्ने गरेका छन् । यो सेलेब्रेसन चर्चित भर्चुअल खेल फोर्टनाइटबाट प्रेरित छ ।
१. पल पोग्बा र जेसे लिंगार्ड
पछिल्लो समय निकै चर्चा कमाएको सेलेब्रेसन भने ‘ड्याब’ सेलेब्रेसन नै हो । पल पोग्बाले युभेन्ट्स छँदा गर्न थालेको यस सेलेब्रेसन युनाइटेड आएपछि झनै चर्चित भयो । जेसी लिंगार्डले पनि पोग्बासंग मिलेर खेलमा गोल गरेपछि यो प्रदर्शन गर्दै आएका छन् । सामाजिक संजालमा ‘ड्याब च्यालेन्ज’ को नाममा समर्थकहरुले पनि यस पोजमा फोटो खिचेर निकै चर्चित बनाएका थिए ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]