default_image

6 years ago

November 14, 2018

मुलरलाई उछिन्दै मेसी पेलेको कीर्तिमान नजिक

67 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान एवं अर्जेन्टिना सुपरस्टार लिओनेल मेसीले ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । एकै क्लबका लागि ५ सय भन्दा बढी गोल गर्ने खेलाडीको सुचिमा रहेका खेलाडीमध्ये अब मेसीले पेलेलाई मात्र उछिन्न बाँकी छ ।

मेसीले गतसाता रियल बेटिसविरुद्ध ४-३ को हारमा दुई गोल गर्दै जर्मन लेजेण्ड गर्ड मुलरलाई उछिनेका हुन् । बार्सिलोनाले उक्त खेलमा पराजय बेहोरेपनि मेसीले भने दुई गोल गर्दै व्यक्तिगत रुपमा कीर्तिमान तोड्न सफल रहे । उनले बेटिसविरुद्ध गरेको गोल क्लबका लागि ५ सय ६५ औं र ५ सय ६६ औं गोल थियो ।

यससँगै उनी एकै क्लबका लागि सर्वाधिक गोल गर्ने सुचिमा दोस्रो स्थानमा छन् । यसअघि दोस्रो स्थानमा गर्ड मुलर रहेका थिए । उनले बायर्न म्युनिखबाट खेल्दै ५ सय ६५ गोल गरेका थिए । मेसीले बार्सिलोनाका लागि ६ सय ५० खेल खेल्दै ५ सय ६६ गोल गरिसकेका छन् । यसक्रममा उनले सन् २०११-१२ को सिजनमा सर्वाधिक ७३ गोल गरेका थिए ।

Messi barcelona

मेसीले अहिलेसम्म लिगमा ३ सय ९२, च्याम्पियन्स लिगमा १ सय ५, कोपा डेल रेमा ४८, स्पेनिस सुपर कपमा १३, क्लब विश्वकपमा ५ र युरोपेली सुपर कपमा ३ गोल गरेका छन् । एकै क्लबका लागि सर्वाधिक गोलको कीर्तिमान भने ब्राजिलियन फरवार्ड पेलेको नाममा छ । उनले १८ सिजन ब्राजिलियन क्लब सान्टोसका लागि खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

मेसी अब पेलेको कीर्तिमान तोड्नबाट जम्मा ७७ गोल पछाडी छन् । मेसीले जुन लयमा पछिल्लो सिजनहरु खेलिरहेका छन्, बार्सिलोनामा नै करिअर सकेको खण्डमा उनले उक्त रेकर्ड आफ्नो नाम गर्नेमा दुइमत छैन । अहिलेको लयमा खेल्ने हो भने मेसीले अबको दुई सिजनपछि यो कीर्तिमान तोड्ने आँकलन गरिएको छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.