6 years ago
November 14, 2018
एजेन्सी – बार्सिलोना र रियल म्याड्रिड फुटबल जगतकै दुई कट्टर प्रतिद्वन्दी हुन् । तर, इतिहास पल्टाएर हेर्दा केही नाम यस्ता छन् जसले दुवै टोलीबाट सहभागिता जनाएका छन् । तीमध्ये ४ चर्चित नामहरु यस प्रकारका छन्:
पोर्चुगलका सुपरस्टार फिगो सन् १९९५ मा बार्सिलोना आएका थिए । उनले कतिपय खेलहरुमा बार्सिलोनाको कप्तानी पनि गरे । तर, सन् २००० मा फिगो बार्सा छोड्दै रियल लागेका थिए । त्यति बेला रियलमा सरुवा हुंदा उनी संसारकै महंगा खेलाडी पनि थिए ।
सन् १९९१ देखि १९९६ सम्म रियल म्याड्रिडबाट खेलेका एन्रिकेको रियलसंग सम्झौता अघि नबढ्नाले उनी बार्सिलोनातर्फ लागे । सन् १९९६ देखि २००४ सम्म बार्साबाट खेलेका उनी पछि गएर बार्सिलोनाको प्रशिक्षक समेत भए । अहिले उनी स्पेन राष्ट्रिय टोलीको प्रशिक्षक छन् ।
लड्रप आफ्नो पुस्ताको उत्कृष्ट खेलाडीहरु मध्येका एक मानिन्छन् । सन् १९८९ मा युभेन्टसबाट बार्सिलोना आएका लड्र्पले त्यहां ६ वर्ष बिताए । सन् १९९४ देखि १९९६ सम्म रियल म्याड्रिडबाट खेलेका लड्रपले सन् २०१२ देखि २०१४ सम्म प्रशिक्षकका रुपमा इंग्लिस टोली स्वान्सी सिटी पनि सम्हालेका थिए ।
ब्राजिलका रोनाल्डो फुटबल जगतकै उत्कृष्ट फरवार्डका रुपमा हेरिन्छन् । १९९६-९७ को सिजनमा बार्सिलोनाबाट खेल्दै उनले कैयौं रेकर्डहरु आफ्नो नाममा गरेका थिए । बार्साबाट ३७ खेलमा उनले ३४ गोल गर्न सफल भएका थिए । त्यसपछिको सिजन इन्टर मिलानमा सरुवा भएका उनी सन् २००२ मा फेरी स्पेनिस लिगमा फर्के, तर यस पटक बार्साको चिरपरिचित प्रतिद्वन्दी रियल म्याड्रिडसंग ।
चोटका कारण धेरै खेल गुमाउन परे पनि उनले रियलमा १ सय २७ खेलमा ८३ गोल गरे । दुवै प्रतिद्वन्दिहरुबाट खेले पनि दुवै टोलीका समर्थकहरुले उनलाई उत्तिकै रुचाएको पाइन्छ जसले रोनाल्डोको महानता पनि स्पष्ट पार्छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]