default_image

6 years ago

November 14, 2018

‘ म पेलेजस्तो हुन सक्दिन ‘ – फ्रान्सेली स्टार एमबाप्पे

49 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन र फ्रान्सका युवा स्टार किलियन एमबाप्पेले समर्थकहरुले उनलाई पेलेसँग तुलना गरेकोमा खुसी भएपनि आफू पेलेजस्तो हुन नसक्ने बताएका छन् ।

एमबाप्पेले पछिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप जिताएपछि उनलाई पेलेसँग दाँजेर हेर्न थालिएको थियो । विश्वकप फाइनलमा उनले विजयी गोल पनि गरेपछि उनी टिनएजमै यस्तो सफलता हासिल गर्ने पेलेपछिका पहिलो खेलाडी बनेका थिए । १९ वर्षीय एमबाप्पेले पेलेसँग दाँज्दा खुसी भएपनि उनीजस्तो खेलाडी बन्न भने कल्पना बाहिर रहेको बताए ।

‘ म निकै खुसी छु । तर यो निकै कठिन कुरा पनि हो ।मलाई लाग्दैन कि कसैले पेलेले आफ्नो जमानामा खेलेजस्तो खेल्न सक्छ । पेले एक्ला छन् जसले त्यो सबै गर्न सक्छ,’ उनले भने, ‘म यो दाँजोमा धेरै भिजन चाहन्न । मलाई थाहा छ कि कोहि पनि पेलेजस्तो बन्न सक्दैन ।’

१९ वर्षको कलिलो उमेरमा नै एमबाप्पेले दुई लिग उपाधि र विश्वकप उपाधिसँगै अन्य धेरै सफलता हात पारिसकेका छन् । अब उनको लक्ष्य पीएसजीलाई च्याम्पियन्स लिग जिताउनु रहेको छ । तर त्यहाँसम्म पुग्ने उनले व्यक्तिगत रुपमा र टोलीले धेरै मिहिनेत गर्न बाँकी रहेको उनले स्वीकारे ।

‘नयाँ मालिक आएपछि क्लबले निकै प्रगति गरेको छ । तर च्याम्पियन्स लिग उपाधि जित्न यसले पुग्दैन, हामीले अझै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘ क्लबले आफ्नो पाटोमा सबै पक्ष राम्रो तरिकाले पुर्याएको छ । हामी खेलाडीले पनि त्यसै गर्नुपर्छ र प्राकृतिक रुपमा नै एउटा लय आउँछ । यहि तरिकाले अगाडी बढ्ने र क्षमता अनुसार प्रदर्शन गर्यौं भने हाम्रो लक्ष्य पुरा हुनेछ ।’

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.