default_image

6 years ago

November 13, 2018

अब यस्तो छ नेपालको ओलम्पिकमा छनोट हुने यात्रा

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो २०२० को छनोट प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको थियो । ओलम्पिक छनोटमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको नेपालमाथि कमैले दोस्रो चरणमा प्रवेश गर्छ भन्ने अपेक्षा राखेका थिए ।

झन्डै डेढ महिना प्रशिक्षण गरेर चीनमा ३ मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडी म्यानमार पुगेको नेपाली टोली प्रतियोगितामा अपराजित रहयो । नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १-१ को बराबरी खेल्यो । सबै खेलमा नेपालले अग्रता पनि लिएको थियो । समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपाल सम्मिलित समूह सी बाट म्यानमार समूह विजेताको रुपमा अगाडी बढेको छ । पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गरेको आयोजक म्यानमारले दोस्रो खेलमा नेपालसँग १-१ को बराबरी खेल्यो । अन्तिम खेलमा मंगलबार भारतलाई २-१ ले हराउँदै म्यानमार ३ खेलमा ७ अंकसहित समूह विजेता बनेको हो । यता नेपालसँग १-१ को बराबरी खेल्दै प्रतियोगिता सुरुवात गरेको भारतले दोस्रो खेलमा बंगलादेशलाई ७-० ले पराजित गर्दै ३ खेलमा ४ अंकसहित दोस्रो स्थान हासिल गर्यो । नेपाल ३ खेलमा ३ अंक जोड्दै तेस्रो र बंगलादेश १ अंकसाथ चौथो भयो ।

छनोट प्रतियोगिताको ८ समूहबाट प्रत्यक समूहका शीर्ष दुई टोली र उत्कृष्ट २ तेस्रो स्थानको टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ । समूह ए बाट चाइनिज ताइपेइ र फिलिपिन्स अगाडी बढ्दा समूह बी बाट इरान् र हङकङले दोस्रो चरणमा स्थान सुरक्षित गरे । समूह डी बाट जोर्डन र इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन् । यसै समूहको अन्तिम खेलमा प्यालेस्टाइन र माल्दिभ्स भिड्ने छन् । यस खेलको विजेताले उत्कृष्ट तेस्रो टोलीमा पर्दै अन्तिम चरणमा स्थान बनाउनेछन् ।

अब छनोट भएका यो १० टोलीले उज्बेकिस्तान र भिएतनामसहित दोस्रो चरणको छनोट प्रतियोगिता खेल्नेछन् । सन् २०१९ अप्रिल पहिलो साता तोकिएको उक्त प्रतियोगितामा तीन समूह हुनेछ । प्रत्यक समूहको शीर्ष टोलीले छनोटको तेस्रो चरणमा स्थान बनाउने छन् । छनोटको तेस्रो चरणमा यी तीन राष्ट्रले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाईल्यान्डसँग खेल्नेछन् । त्यस प्रतियोगिताबाट दुई टोली ओलम्पिकमा छनोट हुनेछन् ।

ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षण भिडियो :

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.