9 years ago
March 20, 2016
दिपक बोहोरा , पाँचथर
जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकालबाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।
यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुादा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपको आयोजना गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । बैशाख ४ गते देखि बैशाख १० सम्म सञ्चाल हुने खेलमा आयोजक यासोक सहित भारत , भुटान र पुर्वाञ्चल क्षेत्रका फुटबल टिम सहभागी हुने मेला व्यबस्थापन समितीका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।
कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकपमा प्रथम हुने टोलीले १ लाख ५० हजार र द्धितिय हुने टिमले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जानकारी दिए । खेल सञ्चालनका निम्ति अनुमानित २५ लाख रुपया लाग्ने थापाले जानकारी दिए ।
फुटबल संगै प्रथम कुभ्भायक कुस्सायक नकआउट भलिबल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले बताए । भलिबल तर्फ प्रथम टिमले रु ४० हजार र द्धितिय हुने टिमले रु २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]